काठमाडौं, १३ मंसिर- योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ। लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नदिइ उनले आर्थिक कारोबार गरेका हुन्।
रामदेवनै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतन्जली योगपीठ तथा आर्युवेदिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ। उक्त नट फर प्रोफिट कम्पनीमार्फत व्यवसाय गर्ने गरी रकम ल्याउन नमिलेपछि उनले गैरकानुनी ढंगबाट काम गरिरहेको खुल्न आएको हो ।
Previous Article१४ महिनाभित्र तीन वटा चुनाव कठिन
Next Article प्रधानमन्त्री नै दुविधामा