बागलुङ, १२ मंसिर – राज्य पुर्नसँरचना गर्दा बागलुङको देबिस्थान गाबिसलाई अन्याय परेको भन्दै त्यसलाई परिवर्तन गर्न माग गर्दै जिल्लाका राजनीति दललाई देविस्थान गाविसका स्थानीयहरुले शनिबार ज्ञापनपत्र बुझाएका छ ।
बागलुङ सदरमुकाममा एक कार्यक्रम गरि देबिस्थान, निसी, बोहरागाउँ, राजकुट गाउपालिकाको केन्द्र बोहरागाऊको झिवाखोला केन्द्र बनाउदा देबिस्थानका जनतालाई सेवा लिन समस्या पर्न जाने भएको हुँदा सो निर्णय फिर्ता लिनुपर्ने अन्यथा आफुहरू बुर्तिबाङ केन्द्रमा जाने देबिस्थान गाबिस संघर्ष समितिका संयोजक ईन्द्र बहादुर मल्लले बताए ।
४ वटा गाबिसको केन्द्र निसी खोलामा राख्ने सहमति बिपरित अहिले झिवाखोलामा गाउँपालिकाको केन्द्र राख्ने कुरा आएको हँुदा त्यसमा आफुहरू सहमत हुन नसक्ने बरू बलिदान गर्न तयार भएको मल्लले बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, नेकपा एमालेलेका अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओबादी केन्द्रका ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका सचिब धर्मबहादुर कुँबर, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा लगायतका नेताहरूले सहमतिको आधारमा जानुपर्ने धारणा राखेका थिए । बागलुङ जिल्लामा सरकारले गाउँपालिका र नगरपालिका बिभाजन गरेपछि अहिले दिनहु जसो धर्ना जुलुस र ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको छ ।
Previous Article२०७३ मंसिर १२ गते आईतबारको राशिफल
Next Article १२ मंसिर २०७३, ढोरपाटन दैनिक