पोखरा, ११ मंसिर – पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा ग१च ४८८९ नंको जिप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटका २० वर्षीय अरवेन्द्र चौधरी र भारतको कोलकाताकी १४ वर्षीया लीला मेहत्रा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको नमस्ते अस्पताल विरौटा तथा मेहत्राको फेवासिटी अस्पताल नागढुङ्गामा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेको ती दुवै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । वनभोज खाएर फर्कने क्रममा जीप सडकमा पल्टिएको थियो ।