बागलुङ, १० मंसिर – जिल्लाको स्थानीय पुर्नसंरचनाका क्रममा राङखानी गाविसलाई बरेङ नगरपालिकामा राखिएको भन्दै त्यहाँका बासिन्दाहरु आन्दोलित भएका छन् ।
राङखानी गाविसलाई बरेङमा लगिएको भन्दै आफुहरुलाई जैमुनी नगरपालिकाको केन्द्र कुश्मीसेरा पायक पर्ने भन्दै आन्दोलन गरिएको आन्दोलनका संयोजक दानबहादुर श्रीसले बताए । यसैबीच राङखानीलाई जैमुनी नगरपालिकामा राख्नुपर्ने मागसहित राजनीतिक दलका प्रतिनिधीहरु र स्थानीय बासिन्दाहरुले हस्ताक्षर प्रतिवेदन स्थानीय पुर्नसंरचना समितीका अध्यक्ष एवं स्थानीय विकाश अधिकारी रामप्रसाद आचार्य समक्ष पेश गरेको छ ।
राङखानी गाविसलाई राजनितिक स्वार्थका आधारमा छुट्याइएको भन्दै उक्त निर्णय तत्काल सच्याई जैमुनी नगरपालिकामा कायम गर्न माग गरिएको थियो । आन्दोलन स्वरुप निकालिएको ¥यालीमा संयौको संख्यामा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।