हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको ब्याडमिन्टन खेलाडी तथा शुभचिन्तकहरुको भेलाले पुनः हिमाल कार्कीलाई अध्यक्षमा चयन गरेको छ ।
भेलाले संघको २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्कीको अध्यक्षतामा चयन भएको समितिको प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्वितीय उपाध्यक्ष राज जुग्जाली, सचिव बिक्रम सुवेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सह–कोषाध्यक्ष सोमा बुढामगर चयन हुनुभएको छ ।
समितिको सदस्यहरूमा खड्ग केसी, अमित बानियाँ, सन्दीप अधिकारी, सुरेन्द्र हमाल, निरज भण्डारी, भूपेन्द्र कार्की, भुवन बुढाथोकी, सुरेन्द्र अधिकारी, मदन मल्ल, हरिदेवी गौचन, रश्मिन राना, रोमन्त बानियाँ, अशोकुमार शाही र विजय शेरमजा रहनुभएको छ । अध्यक्ष कार्कीले जिल्लाका सबै स्थानीय तहलाई समेटेर कार्यसमिति चयन गरिएकाले सबै क्षेत्रमा प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिने बताउनुभयो ।
नवनिर्वाचित ब्याडमिन्टन संघले दसैँ तिहारको अवसरमा साबिकको धौलागिरी अञ्चल स्तरीय ‘बि’ लेबल डबल र सिङ्गल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । व्याडमिन्टन स्वस्थ रहन र शरीरलाई फिट तथा दुरुस्त राख्नका लागि मानिसहरू अनेकौं उपाय अपनाउने गर्छन् ।