ब्राह्माण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहनुभएको छ ।
समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा, मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ सुबेदी, चन्द्रमणी सापकोटा,पुष्पा पौडेल घिमिरे, एकराज चापागाई, चिरञ्जीवि शर्मा, गिता रिजाल शर्मा, हरिनारायण सुबेदी रहेको सचिव पौडेलले जानकारी दिनुभयो । अधिवेशनबाट आर्थिक सल्लाहकार समितिको संयोजक गोरखनाथ सुबेदी, सदस्यहरुमा विष्णुप्रसाद आचार्य, भगवान ढुंगाना चयन हुनुभएको छ ।
यसैबीच ब्राह्माण महिला समाजमा रञ्जना सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्क्षमा इश्वरी शर्मा, सचिव निर्मला सुबेदी, कोषाध्यक्ष लक्ष्मी शर्मा, सहकोषाध्यक्ष अम्बिका ढुंगाना रहेको निर्वाचन समितिका सदस्य नेत्रराज सुबेदीले बताउनुभयो ।
कार्यसमितिको सदस्यहरुमा पुष्पा गौतम, चण्डीका पौडेल, शान्ति आचार्य, इन्दिरा शर्मा, सावित्री कुमार उपाध्याय, निशा सुबेदी, मन्दिरा पौडेल, सरस्वती चापागाई, माँया ढुंगाना, सरस्वती चापागाई, मायाँ ढुंगाना, सरिता सुबेदी, पवित्रा कँडेल र समुन्द्र शर्मालाई चयन गरिएको छ । अधिवेशनको ब्राह्मण समाजका केन्द्रिय कार्यावाहक अध्यक्ष महेश पराजुलीले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताउनुभएको थियो । उहाँले समाजमार्फत देशैभरी रहेको समितिलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।
अधिवेशनमा संविधानसभाका सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका मेयर सुरत केसी, ब्राह्मण समाजका महासचिव ओम शर्मा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ ढुंगाना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
ब्राह्माण समाज म्याग्दीको अध्यक्ष गिरिराज सुबेदीको अध्यक्षता, उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सचिव गोरखनाथ सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष गौतमले ब्राह्मण समाजको सचिवालय गठन तथा भौतिक संरचना सहित सबै पालिकाका समाजको गठन तथा विस्तार गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
Previous Articleव्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा पुनः कार्की
Next Article रुप्से दैनिक ! २७ भदौ २०७९