बागलुङ, ९ मंसिर – जिल्लामा दुध उत्पादन बढाएर किसाको आयआर्जन वृद्धि गर्नका लागि मध्यपहाडि लोकमार्ग आसपासका क्षेत्रमा अनुदान कार्यक्रम सुरु भएको छ । दुधमा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात गरेर आम्दानी बढाउन किसानलाई ८१ लाख १० हजार अनुदान दिईने जिल्ला पशु सेवा कार्यालय बागलुङले जनाएको छ ।
‘जिल्लाको मध्यपहाडी लोकमार्ग आसपासमा दुध पकेट क्षेत्र बनाई दुध उत्पादन बढाउने कार्यक्रम छ ।’ जिल्ला पशुसेवा कार्यालय बागलुङका प्रमुख डाक्टर गोपाल गिरीले भने, ‘उत्पादित दुधलाई बजारसम्म लैजान सडकको पहुँच आवश्यकता पर्ने भएकाले लोकमर्ग आसपासलाई पकेट बनाउन लागेका हौँ ।’
कार्यक्रमका लागि केन्द्रिय गाई–भैसी प्रबद्र्धन कार्यालय ललितपुर मार्फत ८१ लख १० हजार रुपैयाँ बजेट जिल्लामा आएको छ ।
जिल्लामा दुग्धजन्य उत्पादनको संकलन, प्रसोधन र विविधिकरण गरि बजार व्यवस्थापन गर्ने दुई ओटा संस्थालाई यो बर्ष १३ लाख रुपैयाँ बजेट रहेको छ । यो रकम मुख्यत उत्पादित दुधको बाजारिकरणका लागि खर्च गरिने पशुस्वास्थ्य प्राविधिक केशव शर्माले जानकारी दिए । दुई संस्थालाई समान ६ लाख ५० हजार रुपैयाँ अनुदान दिईने छ ।
लोकमार्गको क्षेत्रमा दैनिक १ हजार लिटर दुध उत्पादन गरेर बाजारसम्म पु¥याउन सक्ने ५ ओटा कृषक समुह तथा सहकारीलाई १०÷१० लाख रुपैयाँका दरले अनुदान दिने कार्यक्रम छ । अहिले अनुदानका लागि लक्षित समुह छनोटको काम भईरहेको जिल्ला पशुसेवा कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ८ हजार १४३ मेट्रिकटन दुध उत्पादन भएको छ ।
‘स्वस्थ्यका दृष्टिले एकजनालाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्छ ।’ पशुस्वास्थ्य प्रविधिक शर्माले भने, ‘जिल्लाको जनसंख्या र उत्पादन हेर्दा अत्यावश्यक दुधको माग जिल्ला भित्रकै उत्पादनले धानेको देखिन्छ ।’
शर्माले जिल्लाको अमलाचौर, कुस्मीसेरा र दमेकका किसानले दैनिक एक हजार लिटर दुध छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मामा लगेर विक्रि गर्ने गरेको बताए ।
‘ताराखोला क्षेत्रमा एउटै किसानले आधा दर्जन बढी दुधालु भैँसी पालेर दैनिक २० देखि ३० लिटर दुध दुहुन्छन् ।’ उनले थपे, ‘किसानले ध्यू बनाएर विक्रि गर्छन्, महि मल्खादमा लगेर फाल्छन् ।’ यसले जिल्लाको सवै दुग्धजन्य उत्पादन सदुपयोग नभएर केहि अंश खेर गईरहेको पनि देखाएको उनको भनाई छ ।
चालु बर्षमा सुरु भएको दुध पकेट कार्यक्रमले दुध निर्यात बढेर आम्दानी जिल्ला भित्रिने जिल्ला पशुसेवा कार्यालयले विश्वास लिएको छ ।