नेपाल र केन्यबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्य भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले केन्यसँग पाँच वटा टी–२० सिरिज र तीन वटा एक दिवसीय सिरज खेल्ने तय भएको छ । जस अनुसार नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खल्ने छ । नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ ।
क्यानले केन्य भ्राणलाई लक्षित गरी सिरिज अघिनै भारतका भारतका मनोज प्रभाकरलाई सोमबार मात्र प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आउने क्यानले जनाएको छ । हालै टोलीका प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन थियो । केन्य भ्रमणमा नेपाली टोलीको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ ।