मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलीकमको थ्रिजी मोबाइल नेटवर्क विस्तार भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे र थासाङ गाउँपालिका–२ को छाक्ताङमा नेपाल टेलिकमको मिनि टावर स्थापना गरेर ताङ्वेमा थ्रिजी सेवा विस्तार गरीएको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा भने साउनको पहिलो हप्ताबाट सेवा विस्तार हुने श्रेष्ठको भनाई छ।
प्रमुख श्रेष्ठले भन्नुभयो छुसाङ सम्म हाम्रो नेटवर्क थियो त्यहाँदेखि ताङ्वे सम्म साढे ३ किलोमिटरलामो फाइबर र टावरमा आवश्यक पर्ने ब्याट्र प्रदेश सभा सांसद चन्द्रमोहन गौचनको सांसद विकास कोषको बजेटबाट खरिद गरेर जडान कार्य सकिएको हो । थ्रिजि नेटवर्क विस्तारका लागि आवश्यक पर्ने टावर राख्ने पोल स्थानीय समितिले व्यवस्थापन गरे पछि अन्य इकुभमेन्ट टेलिकमले जोडेको श्रेष्ठको भनाई छ ।
आर्थिक वर्ष.२०७८÷०७९ मा गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित ३ लाख रुपियाँ बजेटबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.–३ ताङ्वेमा टावर राखे पछि त्यस क्षेत्रका जनताहरुले द्रुत गतिको थ्रीजी.मोवाइल सेवा उपभोग गर्न सहज बनेको स्थानीयको भनाई छ ।
नेपाल टेलिकमको ठूलो टावर भएको भए केन्द्र देखिनै बजेट आएर निर्माण हुने भए पनि मिनि टावरका लागि माननियले संसद विकास कोषको बजेट त्यसमा हाल्ने भने पछि हामीले अन्य इकुभमेन्ट लगेर टावर निर्माण गरेका हौं नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले भन्नुभयो ।
मुस्ताङ जिल्ला भित्रका कुल ९६ वटा गाउँ मध्ये अधिकांस गाउँहरुमा थ्रि.जी. मोवाइल सेवा नेटवर्क पुगिसकेको छ । मुस्ताङको वाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको घ्याकर, थासाङको टुकुचे, छाक्ताङ र ताङ्वेमा थ्रि.जी. मोवाइल नेटवर्क विस्तार सँगै जिल्लाको दुर दराजका जनताहरुको टेलिकम नेटवर्क सुविधा सर्वसुलभ भएको सांसद चन्द्रमोहन गौचनले बताउनु भयो ।
अब वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५ को साङ्तामा थ्रि.जी. मोवाइल नेटवर्क सेवा नपुगेको र निकट भविष्यमा सम्बन्धित निकायहरु सँहको समन्वय र पहलमा साङ्ता गाउँमा मोवाइल नेटवर्क सेवाको पहुच पु¥याउन आवश्यक स्थानमा टावर निर्माण गर्न आफुले अग्रसरता लिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले बताउनु भयो ।
लेते, जोमसोम, मुक्तीनाथ, स्याङ्बोचे र लोमन्थाङमा फोर जी सञ्चालनमा रहेको र अब केही फोर जीकै तयारी भै रहेको छ । खिङ्गा र मार्फामा फोर जीको टावर बनी सकेको हुनाले अब फोर जी विस्तारलाई नै अगाडी बढाइने टेलिकमका प्रमुख श्रेष्ठको भनाई छ ।