बागलुङ, ७ मंसिर – जिल्लाको अधिकारीचौर गाविसमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमालाई साक्षर बनाउने नारासहित ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने योजना बनाएको छ । कार्यक्रम सञ्चालनका लागि सामाजिक संजाल फेसबुकमा आर्थिक अभियान थालिएको छ ।
सामाजिक परिवर्तनका लागि ‘हाम्रो पनि सामाजिक उत्तरदायित्व’ भन्दै सुरु गरिएको आर्थिक संकलन अभियान शुरु गरिएको हो । अभियान सञ्चालन भएकै दोस्रो दिनसम्म ४३ हजार ३ सय रुपैयाँ संकलन भएको अभियानका संयोजक उमेश बुढाले बताए ।
अभियान सञ्चालनका लागि संयोजक बुढासहित ७ सदस्यीय टिमले अभियानलाई सामाजिक सञ्जालमा तीव्र पारेका छन् । जसको सदस्यहरुमा राम सुवेदी, प्रशान्त घर्ति, सुनिलकुमार घर्ति, रमिता पुन, याम घर्ति र प्रेम घर्ति नेपालबाट छन्भने दुबईबाट पिताम्बर पाण्डे र नेदरल्याण्डबाट बालकुमार बुढा रहेका छन् । अभियानलाई सहयोग गर्नेहरुमा अहिलेसम्म सबैभन्दा बढी बोंगादोभान घर भई हाल नेदरल्याण्डमा रहेका बालकुमार बुढाले ११ हजार २ सय सहयोग गरेका छन्भने बोबाङ गाविस–१ बस्ने राजेन्द्र क्षेत्रीले ५ हजार सहयोग गरेका छन् ।
अभियानलाई पिताम्वर पाण्डेले दुवईबाट २ हजार १ सय, अधिकारीचौरका दलबीर भण्डारीले २ हजार, लालबहादुर पुनले १ हजार, केअरसिंह नेपालीले १ हजार, झकेन्द्र नेपालीले १ हजार ५ सय, जयन्द्र घर्तिले १ हजार ५ सय, जीतबहादुर विकले १ हजार, ओम प्रसाद पुनलेबाट १ हजार, बोबाङका ओमप्रकाश घर्ति मगरले २ हजार ५ सय, कृष्टिना एण्ड ज्याक्टीन पुनले १ हजार, अधिकारीचौरकी गिता परियारले ५ सय, सम पुनले ५ सय तथा अन्यबाट ११ हजार ५ सय गरि कुल ४३ हजार ३ सय संकलन गरिएको छ ।
अभियानअन्र्तगत पौष १५ पछि आमा कक्षा सञ्चालनको तयारी गरिने आर्थिक अभियानका सदस्य सुनिलकुमार घर्तिले जानाकारी दिए । राज्यको तर्फबाट बेला–बेलामा साक्षरता कक्षा सञ्चालन गर्दै आएपनि निरक्षर आमाहरुको पहुँचसम्म उक्त प्रयास नपुगेपछि स्थानीय क्लबले यस्तो कार्यक्रम सञ्चालनका लागि प्रयास थालेको छ ।
मञ्चले आफ्नो चौथो वार्षकोत्सव कार्यक्रमका अवसरमा उक्त कार्यक्रम सञ्चालनका लागि योजना बनाएको हो । उक्त कार्यक्रमको वार्षिकोत्सवका अवसरमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले उदघाटन गरेका थिए । आर्थिक संकटका कारण सञ्चालन गर्न अप्ठ्रोमा परेको थियो ।