बागलुङ, ७ मंसिर – कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले सोमबार मालपोत कार्यालय बागलुङबाट सरूवा भएका गुठीका सदस्य सचिव एवम् मालपोत प्रमुख बिण्णुप्रसाद शर्मालाई बिदाई गरेको छ ।
धौलागिरि अञ्चल अस्पताल बागलुङमा सरूवा भएका शर्मालाई कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले गुठीमा पु¥याएको योगदानलाई कदर गर्दै मायाको चिनो दिएर बिदाई गरेका हुन् ।
गुठीले मालपोत कार्यालय बागलुङमा सरूवा भएर आएका कार्यालय प्रमुख बिश्वनाथ शर्मालाई सोहि कार्यक्रममा स्वागत गरेको छ । नेपालकै प्रसिद्ध कालिका भगवती मन्दिरलाई बिश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि गुठी ब्यबस्थापन समितिले पहल गरिरहेको अध्यक्ष राजु खड्काले बताए ।