बागलुङ, ७ मंसिर – जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफी–२०७३’ क्रिकेट प्रतियोगिताको चौथो दिन बिभिन्न चरणका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तरगत सोमबार क्वाटरफाइनलका ३ र सेमिफाइनलको १ खेल सम्पन्न भएको खेल संयोजक केदार पौडेलले जानकारी दिए । कालिका कन्या मन्दिर मावि र सिद्धार्थ शिक्षा सदनका बिचमा भएको सोमबारको पहिलो खेलमा र कालिका कन्या मन्दिर मावि बिजयी भएको थियो ।
त्यसैगरि अमर आदर्थ र फ्युचर ब्राइटरका बिचमा भएको खेलमा अमर आदर्थ र बिद्यामन्दीर मावि र भिमसेन माविका बिचमा भएको खेलमा भिमसेन मावि बिजयी भएको छ । सोमबार नै भएको पहिलो सेमिफाइनल खेलमा कालिका कन्या मन्दिर माविलाई पराजित गरि आयोजक गरिमा उच्च मावि फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो खेल आज अमर आदर्थ र भिमसेन माविका बिचमा हुने र बिजय टिमसंग गरिमा उच्च माविका बिचमा फाइनल खेल दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक पौडेलले जानकारी दिए ।