किशोर श्रेष्ठ
के देख्नु पर्यो अचम्म अचेल दाजुले भाइ रेट्ने
दिदीको सौता लागेर बहिनी मनको प्यास मेट्ने ।
कमरेडले कमरेड कुटेर हिंड्ने भातृत्व हराउने
दलाली गर्दै देशभक्त बनी सबभन्दा कराउने ।
इमानको अभाव बढेर गयो कोहिभन्दा कम छैन
सबैका खुट्टी देखियो तर कसैमा दम छैन ।
सतिको सराप परेको भन्थे हो कि त हामीलाई
को अघि सर्छ हेरौंला अब सुधार्न बानीलाई ।।
किशोर किशोरको फेसवुकबाट