काठमाडौं, ७ मंसिर-प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साटिदिने भन्दै ठगी सुरु भएको छ । पान पसलदेखि चिया पसलसम्म सजिलै कारोबार हुने एक हजार र पाँच सय दरका भारतीय नोटमा एक्कासि प्रतिबन्ध लागेपछि त्यसको असर नेपालमा समेत परेको छ ।
नेपाली बजारमा परेको असरको फाइदा उठाउँदै केही दलालले सटही गर्ने भन्दै ठगी धन्दा नै थालेका छन् । अहिले एक हजार भारतीय रुपैयाँ बराबर एक हजार नेपाली रुपैयाँ लिने–दिने गरिएको छ । तरकारी पसलेले जतिको त्यतिमै पैसा साट्न थालेका छन् ।
उता, नेपालमै बसेका भारतीय नागरिक पनि यसमा सक्रिय हुन थालेका छन् । भारतको पश्चिमबंगाल घर भएका एक भारतीय नागरिक पाँच सय र हजारका प्रतिबन्धित नोटसँग नयाँ नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार भारतको पश्चिमबंगाल शीतलकोची कोचविहार घर भई हाल कलंकी बस्दै आएका ४१ वर्षीय हरेकृष्ण साहले प्रतिबन्धित नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख ठगेका हुन् । साहले रौतहटको झुनखुनुवा गाविस घर भई काठमाडौं बस्दै आएका अब्दुल रहिमबाट ५० लाख ठगी गरेको महाशाखाले जानकारी दिएको छ । राजधानी
Previous Articleसिर्जना – संगिता आभाष
Next Article धौलागिरी आधार शिविरमा एक कलको शुल्क तीन सय !