😥😥😥😥निशब्द!!!
ब्यागराउन्डमा बिस्तारै सुनिन्छ, केही आवाजहरू
सुन त… कोही ऐया! ऐया! गरिरहेको छ
मार्यो कि क्या हो
हो त रैछ,
ए प्रहरी पो रैछ
धन्न अरू कोही परेनछ 🤔
हो, उ मारिने प्रहरी नै हो
न कसैको छोरी/छोरा मारियो
न कसैको आफन्त मारियो
एक साधन न हो प्रहरी
साधन टुट्यो, फुट्यो,
बिग्रीयो,सक्कियो,नाश भो ।
कहाँ छ जीवन प्रहरीको?
प्रहरी पनि कहिँ नागरिक हुन्छ?
यो त बर्दी हो, पेशा हो, वस्तु हो,मानव ढाल हो
मारियो त बर्दी मारियो
पेशा मारियो
खै कहाँ मर्यो नागरिक
छोडिदेउ आखिर जनता त मर्या छैन नि ।।
धिक्कार छ तिम्रो न्याय
धिक्कार छ निर्दयीहरू, कलंकहरू
निर्दोश प्रहरी माथी छुरा रोप्नेहरू
नआवोस तिमीहरूलाई त्यो दिन
नरोपिउन तिम्रा गलामा छुरीहरू
काम नआवोस प्रहरी, तिमीहरूको लागि
अझै तयार गर छुराहरू, भालाहरू
रोप तिनै प्रहरी माथी,
जो तिम्रै सेवामा अहोरात्र खटिएका छन
तिम्रा दुश्मन(प्रहरी) माथी,जाई लाग
अझै 75/77 हजार प्रहरी जीवितै छन !!!😥😥😥
हार्दिक श्रद्धा सुमन अमर प्रहरी जवान उर्मिला श्रेष्ठ !!!