ह्वाट्सएप, एल्लो, निम्बज, विच्याट वा लाइन । यी सबैले मोबाइल फोनबाट गरिने एसएमएस वा टेक्स्ट म्यासेजका सामुन्ने ठूलो चुनौति खडा गरिदिएका छन् । एउटा एसएमएसमा १६० अक्षरको सीमा हुन्छ । तर यस्ता मेसेजिंग एपमा भने जतिसुकै शव्दमा पनि आफ्नो कुरा निर्धक्क राख्न पाइन्छ । च्याट एपमा तपाइँले शव्दको सीमाको बारेमा चिन्ता लिनै पर्दैन ।
अाफ्नो किशोरावस्थामा निकै चल्तीको तथा मनपराउने एसएमएसका बारेमा दुनियाभरका अलग अलग भाषा बोल्ने करोडौँ मानिसहरुले लामा कथा भन्न सक्छन् । दुई छिमेकी देखि लिएर फरक फरक देशमा बस्ने मानिसहरुका बीच फोन कलको सस्तो विकल्पका रुपमा मोबाइल एसएमएस धेरै काम आयो ।
मोबाइल एसएमएस सुरु भएको अहिले २५ वर्ष पुगिसकेको छ । च्याट एपहरुले एसएमएसलाई मरणासन्न बनाउँदै लग्दा गुगलले यसमा प्राण भर्ने जमर्को गरिरहेको छ । अहिले एसएमएसको लोकप्रियता निकै कम भएको छ । गुगल मेसेन्जर, फेसबुक मेसेन्जर, गुगल ह्यांगआउटले पनि एसएमएसलाई निकै फिका बनाइदिए । फ्रि मेसेजिंग एपहरुले करोडौँ मानिसहरुलाई एसएमएस प्रयोगबाट बञ्चित गराइदिए ।
अघिल्लो हप्ता गुगलले एउटा घोषणा गर्यो की एसएमएसलाई परिवर्तन गर्नका लागि उसले नयाँ कदम उठाउनेछ । उसले रिच क्लाइन्ट मेसेजिंग सुरु गर्दैछ । यो प्रारुपले एन्ड्रोइड स्मार्टफोनमा काम गर्नेछ ।
रिच क्लाइन्ट मेसेजिंगका फम्र्याट सबै स्मार्टफोनका साथै अरु सबै अपरेटिंग सिस्टममा पनि काम गर्नेछ भविष्यमा । यो सँगै नयाँ फिचर सबैलाई काम लाग्ने र एसएमएस एकपटक फेरि मानिसहरुको मनपर्ने चिज बन्ने कुराको विश्वास छ गुगललाई । एसएमएसमा अब ग्रुप च्याट तथा टाइपिग इन्डिकेटर जस्ता फिचर थपियोस् भन्ने गुगल चाहन्छ, मेसेजिंग एपमा जस्तै ।
गुगलको रिच क्लाइन्ट मेसेजिंगबाट तस्वीर तथा मल्टीमिडिया मेसेज पनि पठाउन सकिनेछ । यदि यस्तो भयो भने एसएमएसमा ग्रुप बनाउन सकिनेछ, ह्वाट्सएपमा जस्तै । अनि ग्रुपलाई नामाकरण पनि गर्न सकिनेछ । यस फिचरलाई स्मार्टफोनमा लञ्च गर्नका लागि गुगलको मेसेजिग एप डाउनलोड गर्नुपर्नेछ । सुरुमा एलजी र नेक्सस स्मार्टफोनमा मात्र यो उपलब्ध हुनेछ । सुरुवाती सफलता मिलेमा अन्यमा पनि लगिनेछ ।जसरी ह्वाट्सएपले निलो रेखा लगाएर कसैले मेसेज पढेको संकेत गर्दछ, त्यसैगरी यसमा पनि एउटा फिचर राखिनेछ । यी सबै फिचरका लागि मेसेजिंग सर्भिसलाई डाटा कनेक्टिभिटीको आवश्यकता पर्छ तर गुगलको रिच क्लाइन्ट मेसेजिंग सर्भिसमा भने डाटा आवश्यक पर्नेछैन ।
यी सबै फिचर तथा एसएमएसमा आउने बदलावका बारेमा गुगलले पहिले नै बताएको थियो र अबका केही हप्तामा प्रयोगकर्ताले परिवर्तन महसुस गर्नसक्ने बताइएको छ । तर एसएमएसलाई पुनर्जिवित गर्नु सजिलो भने हुनेछैन । रिच क्लाइन्ट मेसेजिंगका यो फम्र्याट सन् २००७ मै सुरु भएको हो । र अहिलेसम्म केवल ४९ मोबाइल फोन कम्पनीले यसलाई अपनाएका छन् ।
कारण प्रष्ट छ की तपाइँको मोबाइल सर्भिस दिने कम्पनीले यसलाई अपनाएन भने गुगलको कोसिस सफल हुनेछैन । गुगलका लागि अर्को पनि समस्या खडा हुनसक्छ । गुगलका मेसेजिंग प्लेटफर्म एल्लो तथा ह्यांगआउटमा पनि प्रयोगकर्ताले मेसेज गर्न सक्छन् । त्यसैले मेसेजिंगलाई बचाउनका लागि उसले आफ्ना ती दुई सेवालाई बलिदान गर्न सक्नेछैन ।
गुगलको अर्को समस्या पनि छ । त्यो समस्या प्रविधिको दुनियाको स्वरुपसँग जोडिएको समस्या हो । जब कुनैपनि प्रडक्ट प्रयोगकर्ताको रोजाइबाट बाहिरन्छि तब त्यो पुनः मानिसहरुको पहिलो रोजाई बन्न गाह्रो हुन्छ । नोकिया तथा ब्लाकबेरीका मोबाइलले पनि यस्तै भोगेका थिए । कम्प्युटरमा विन्डोज अपरेटिंग सिस्टमले पनि यस्तै भोग्नुपर्यो । गुगलको सोसल मिडियाहरु गुगल प्लस तथा ओर्कुटलाई पनि मानिसहरुले कहिल्यैपनि मन पराएनन् ।
पहिलोपटक सन् १९९२ को डिसेम्बर ३ मा पहिलोपटक भोडाफोनको नेटवर्कमा बेलायतमा एसएमएस पठाइएको थियो । समयक्रमसँगै सम्पर्कको निकै लोकप्रिय माध्यम बन्यो । तर जब अहिले यो २५ वर्षको बन्यो तब यसका प्रयोगकर्ताको सख्या निके कम भएको छ । अहिले विभिन्न उत्सव तथा चाडपर्व र जन्मोत्सवमा पनि मानिसहरु एसएमएस होइन ह्वाट्सएप वा अन्य मेसेजिंग एप प्रयोग गर्न थालेका छन् ।एसएमएस भुलिने त छैन तर जुन रुपमा अहिलेसम्म एसएमएसलाई हेरिएको थियो त्यसको स्वरुपमा भएको परिवर्तन भने हेर्न तयार हुनुहोस् ।तर फेरिपनि प्रश्न यो छ की के यसले मानिसहरुको हृदय पुनः जित्नसक्ला ?