कोही देखाउछन् अनि कोही लुकाउछन्
आँसु पिई बाँचेको यो सारा संसार छ
गुनासो के गर्नु अनि कोसँग गर्नु यहाँ
लिलामीमा आज आफ्नै सरदार छ
क-कसले के-के दिए हिसाव गर्दैछु
फर्काउनु पर्ने त अब मैले उपहार छ
जित्ने ईच्छा छैन न त डर छ हारको
लैजाउ खुसीसबै मसँग भरमार छ ॥