पछिल्लो समय बागलुङमा व्यवसायिक तरकारी खेती गर्ने लहर नै चलेको छ । विगतमा परमपरागत खेती प्रणाली गर्दै आएका कृषकहरुले तरकारी खेतीमा तल्लीन हुन थालेका छन् । कृषकले आफ्नै बलबुतामा व्यवसायिक तरकारी खेती गर्न थालेपनि उनीहरुले उत्पादन गरेका कृषी उपजले भने उचित मुल्य पाउन सकेका छैनन् । गाउँ गाउँमा तरकारी संकलन केन्द्र नहुनु, बजारमा बिचोलियाको बिगबिगी र हाट बजारको व्यवस्था हुन नसक्दा कृषकले उत्पानमा खर्चेको लगानी पनि उठ्न नसक्ने तितो यथार्थ हामीसामु छर्लङ छ । अर्काेतर्फ सरकारी तथा गैरसरकारी संघ संस्थाको लगानीमा गाउँ गाउँमा निर्माण गरिएका कृषि संकलन केन्द्र पनि अहिले प्रयोगमा आउन सकेका छैनन् । स्वयम् कृषकले अग्रसरता देखाउन नसक्दा कृषि संकलन केन्द्र अहिले जीर्ण बनेक छन् ।
गाउँमा खुलेका कृषि संलकन प्रयोगमा आउन नसक्नुका पछि थुप्रै चुनौतीहरु रहेका छन् । सरकारी निकायले पहल नगर्नु र कृषकले उचित चासो नदेखाउँदा चार बर्ष पहिले निर्माण गरिएको बुर्तिबाङको कृषि हाट बजार तथा संकलन केन्द्र संचालन आउन सकेको छैन । कृषकलाई तरकारी संकलन र बिक्री वितरण गर्नको लागि असहज भएपनि त्यो संकलन केन्द्रलाई पुन संचालनमा ल्याउने तयारी भएको छ । गाविस स्तरिय कृषि विकास समिति बुर्तिबाङले ४० हजार बजेटमार्फत बुर्तिबाङ बजारमा रहेको कृषि उपज संकलन केन्द्रको मर्मत तथा व्यवस्थान गरेर सञ्चालन गर्न लागिएको हो । तिन बर्षसम्म आंशिक रुपमा सञ्चालन भएर व्यवस्थानका लागि बजेट अभाव र किसानको सक्रियतामा पनि कमी भएपछि १ बर्ष पहिलेदेखि रोकिएको कृषि संकलन केन्द्र सञ्चालन गर्न लागिएको हो । संकलन केन्द्रको व्यवस्थानका लागि विनियोजित बजेट कम हुने भएकाले चालु आर्थिक बर्षको बजेट र अन्य स्रोत समेत व्यवस्थान गर्न स्थानियले कम्मर कसेर लागेका छन् ।
बुर्तिवाङ मात्रै होइन सडक संजालसं जोडिएका गाउँमा पनि व्यवसायिक तरकारी खेती शुरु गरिएको छ । तरकारी खेती गरिएका गाउँमा उत्पादित भएका कृषि उपजलाई बजारमा ल्याउनको लागि संकलन केन्द्र अति नै उपयुक्त हुन्छ । गाउँमा उत्पादन भएको तरकारी संकलन केन्द्रम जम्मा गरेर बजार पठाउने होभने उचित मुल्य पाउनुका साथै ढुवानी पनि कम लाग्ने हुन्छ । संकलन केन्द्र नहुँदा कृषि उपजलाई बजारीकारण गर्न समस्या हुन्छ । त्यसैले कृषकै पहलमा केन्द्र स्थापना र संचालन गर्न सरकारी निकायले पनि पहल गर्न जरुरी छ । राज्यको मुख ताकेर बस्ने परम्परालाई छोडेर स्वयम् कृषकले अग्रसरता देखाउनु पर्छ । संकलन केन्द्र नियमित नचल्दा सामुहिक बजार व्यवस्थान हुन नसक्न् र घर तथा पसल चहारेर थोरै मुल्यमा कृषि उत्पादन बेच्नु पर्ने बाध्यता अन्त्य भएर जान्छ । जिल्लामा तरकारीको राम्रो संभावना भएको हुँदा कृषकलाई यो क्षेत्रमा उत्साहित गर्नको लागि सरकारी निकायले समयमै सोच्न जरुरी छ । तरकारी खेतीबाट आत्मनिर्भर बन्न सकिन्छ ।
Previous Article२०७३ मंसिर ५ गते आईतबारको राशिफल
Next Article दृष्टिविहिन केसीको अर्जुन दृष्टि !