गोली लागेर रणभूमीमा
ढलेको सिपाही
रगतले लतपतिएको छ
उसको पोसाक
रगताम्मे छ पिढ्यु
असहैय पीडा दिईरहेछ घाउले
तर रत्तीभर डगमगाएको छैन
उसको जीउने आसा
मरेको छैन
युद्ध जित्ने संकल्प !!
उसको अठोटले उसलाई
मर्न दिदैन
घाईते हातहरू
राईफलको ट्रीगर दबाउन
लालाहित छन
पोखिन बाँकी अलिकती रगत
शरीर भित्रै उम्लीरहेको छ
निदाई दिएका छन
आँखाका परेलाहरू
तर दुश्मन तर्फ नै फोकसित छ्न
र अझैपनी मरेको छैन
युद्ध जित्ने संकल्प !!
थकीत गोडाहरूले
गिजाई रहेको छ उसलाई
सुझाई रहेछन समर्पणको लागि
पोखिएको रगत
डल्ला बनेर नियालिरहेछ
सबै थाकिसके अब
तर उस्लाई थाक्ने कुनै बाहाना छैन
किनकी रणभूमीको सिपाइ हो उ
उसलाई जीवित राखेको छ
एक मुठ्ठी बतासले
आशा मर्न दिएको छैन
र मरेको छैन
युद्ध जित्ने संकल्प !!
हिम्म्त गर्छ उठ्ने
गोडाले साथ छोडिसकेका छ्न
पोखिएको रगतले
जमिन तिरै तानी रहेछ
तर उसलाई लड्नु छ
युद्ध जित्नु छ
थाक्नै मन छैन
उठ्न मन छ
जुर्मुराउन मन छ
अस्ताउने निश्चिति छ तर
जितेर जान चाहन्छ
एक सिपाहीको संकल्प बाहेक
सबै मरिसके उसका,अझै
अझै,मरेको छैन
युद्ध जित्ने संकल्प !!
हो उ हार्न लाई
होमिएको होइन युद्धमा
उसका मर्न तमतयार
चोर औँलाले
अनायासै ट्रीगरमा
प्रेसर दिन पुग्छ
गोलीको बर्षात हुन्छ
सयौं सत्रुलाई
एक चिहान बनाएको
कल्पना गर्छ युद्ध जित्ने
संकल्प पूरा भएछ क्यारे
सधैँकोलागी अस्ताउछ
त्यो सिपाही !!