पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाइ गाँजी रहेको छ । विश्वमा एकै दिन झण्डै ३१ लाखमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने नेपालको छिमेकी भारतमा पनि संक्रमण दर उच्च भएको छ । नेपालमा पनि पहिला घटेको भएपनि पछिल्ला केही दिन देखि बढ्न थालेको छ । यही उच्च गतिमा कोभिड–१९ को संक्रमण बढ्ने संकेतलाई मध्ये नजर गर्दै कोभिड–१९ को संक्रमणको समयमा अग्रमोर्चामा खट्ने स्वास्थ्य कर्मीहरुको धारणा लिने प्रयास गरेका छौं । हिमालपारीको जिल्ला मुस्ताङ, हिमाली जिल्ला म्याग्दी, कास्की तथा काठमाडौंमा खट्ने कोभिडको अग्र मोर्चाका व्यक्तिहरुको कोभिड अनुभव पहिला र अहिलेको अनुवभ अन िसुरक्षा सम्बन्धी जानकारी जस्ताको तस्तै ।
मृतकको स्वाव संकलन गर्न आफैं खटेँ
सपना सुवेदी,
निमित्त निर्देशक
जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश
जनस्वास्थ्य प्रयोगशाला शुरु भएलगत्तै कोभिड–१९को परीक्षणमा नै खट्नु पर्ने भयो । गण्डकी प्रदेशभरका स्याम्पल आउने भनेकै जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश (पिपिएचएल) नै थियो । २०७६ असोज १५ गतेबाट बिधिबत रुपमा सेवा दिन थालेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुरुका दिनमा मैले रातको १÷२ बजेको समय पनि फोन उठाएर उचित जानकारी दिने गर्दथें । प्रदेशमा गुणस्तरीय प्रयोगशाला सेवा दिनुका व्यवस्थित सेवा सुविधा जनतालाइ कसरी प्रदान गर्न सकिनेछ भन्ने तर्फ ध्यान सँधै केन्द्रित हुने र जनस्वास्थ्यलाई अर्जुनदृष्टि मानेर अगाडी बढी रहेकै छौं । सुुरुको समयमा स्याम्पल कलेक्सनमा जिम्मेवारी अनुसारका व्यक्तीलाई खटाइएको भए पनि कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टीनमा बसेका व्यक्तिको मृत्यु भएपछि उनको स्याम्पल कलेक्सन गर्न कसैले नमाने पछि म आफैले गरेको थिएँ । गण्डकी प्रदेश भित्र मृतकको स्याम्पल कलेक्सन त्यही पहिलो थियो । म गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक हुँदै गर्दा कुनै पनि काममा आफै अगाडी सरेर जनताको सेवालाई मुख्य मानेरै काम गरेको छु । भाइरसको महामारीका समयमा स्वास्थ्य मापदण्ड पालना गरेरै त्यसबाट बचिने भएकाले त्यस तर्फ सबैले सोच्नु पर्छ ।
कतिपय गाउँमा प्रवेश गर्ने दिएनन
गोविन्द महतो
जिल्ला अस्पताल जोमसोम मुस्ताङ
कोभिड १९ का दुवै वेवमा जिल्ला अस्पताल मुस्ताङमा रहेर काम गरेँ र अहिले पनि यहीँ छु । पहिलो वेवको समयमा अस्पतालबाट बाहीर स्वाव संकलनका लागि जाँदा कोभिड सर्छ भन्दै केही ठाउँमा स्थानीयले नआउन भनेका थिए । त्यस्तै डाक्टर सहितको टोली स्वाव संकलनका लागि जिल्ला भित्रकै केही गाउँमा प्रवेश नै गर्न नदिएर फीर्ता गरिएको थियो । उनीहरुकै स्वास्थ्य जाँचका लागि जाँदा समेत त्यस्तो व्यवहार गरिनु हुदैन थियो । अहिले स्थानीय सरकार रहेको अवस्थामा स्थानीय तहले उचित समन्वय गरेर स्वास्थ्य मापदण्ड पुरा गर्नका लागि प्रयास गर्नु नै पर्छ र गाउँमा पनि समन्वय गरेको खण्डमा गाउँ प्रवेश नै गर्न नदिने भन्ने अवस्था फेरी नआउला । जोखिको समयमा स्वास्थ्य क्षेत्रमा जनशक्ति समेत कम हुँदा समस्या हुन्छ । छोटो शब्दमा भन्नुपर्दा स्वास्थ्य क्षेत्रमा जनशक्तिको उचित व्यवस्थापन भएको खण्डमा कुनै पनि महामारी संग जुध्न सकिन्छ ।
पिपिई लगाएर काम गरि बाहिर निस्किदा पसिनाले नुहाय जस्तो हुन्थ्योः
ध्रुव गिरी
ल्याव टेक्निसियन,
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश, पोखरा
सुरुको समयमा कोरोना भाइरसको असर कम थियो, डर धेरै । नयाँ भाइरस, नयाँ रोग, सिमित जानकारी आदिले गर्दा डर उत्पन्न हुनु स्वभाविक पनि थियो । स्वास्थ्य कार्यालय, म्याग्दीमा रहेर रोग तथा महामारी नियन्त्रण हेर्ने जिम्मा पाएको हुनाले पनि मेरो लागि यो विषय महत्वपुर्ण थियो । अलि धेरै जिम्मेवारी बोध, उत्साह, नयाँ अनुभव अनि अलिकति डरका साथसाथ स्वतस्फुर्त रुपमा सुरुदेखि नै अग्रपंक्तिमा रहेर काम गरिरहेको छु । २०७६ चैत्र १८ गते म्याग्दीको पहिलो संकास्पद बिरामीको नमुना संकलन गरेको थियौं, त्यसपछि हिम्मत बढ्यो, डर लागेन । सुरुमा २ जना मात्र खटियौं, केहि समय पछि अरु साथीहरुले पनि साथ दिनुभयो । बिहान उठेर सामान जुटाएर ठाउँ ठाउँमा स्वाव लिने, पठाउने, रिपोर्ट गर्ने, जिल्ला भरिको क्वारेन्टाइन, आइसोलेशन र उपलब्ध सामग्रीको विवरण जम्मा गर्नुमा मेरो दिन वित्थ्यो । साह्रै व्यस्त भईन्थ्यो । २०७७ जेठदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ पिसिआर प्रयोगशालामा खटाइएपछि त्यसयता दैनिक एक हजार देखि एक हजार दुई सयसम्म नमुना परिक्षण गर्नसक्ने गरी हामी कार्यरत छौं । प्रयोगशालाको आपूर्ति व्यस्थापन लगायतका जिम्मेवारी पनि थपिएको छ । अटोमेटेड प्रविधि नहुँदा पुरै समय पिपिई लगाएर काम गरि बाहिर निस्किदा पसिनाले नुहाय जस्तो हुन्थ्यो, अहिले धेरै सहज भएको छ । पिसिआर ल्याबमा काम गर्ने हामी बस्ने ठाउबाट बाहिर निस्कदा मान्छेहरु कोरोना भाइरस नै आयो कि जसरी डराउँथे, अहिले अवस्था फेरिएको छ त्यो प्रकारको वातावारण अहिले छैन । त्योबेला खोप थिएन, अहिले खोपको उपलब्धताले सबैलाई ढुक्कसंग काम गर्ने वातावरण बनेको छ। यो बिचमा म आँफै पनि संक्रमित हुन पुगें, तर यो विपदको अवस्थामा आफ्नो स्थानबाट अधिकतम जिम्मेवारी बहन गर्न पाउँदा गर्व लागेको छ, आत्मसन्तुष्टि मिलेको छ ।
ट्वाइलेट सम्म प्रयोग गर्न मुस्कील थियो
सोनी कोजु
जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश
सन २०१९ को डिसेम्बरमा चीनको उहान शहरबाट फैलिएको सार्स कोभ–२ ले विभिन्न रुपमा परिवर्तन गर्दै हाल डेल्टा हुँदै ओमिक्रोन भेरियन्टमा पुगेको छ । भाइरसमा भएको जेनेटिक म्युटेसनले गर्दा नै नयाँ भेरियन्टको कोभिड फैलिएको छ । कोरोना भाईरसले सन २०१९ देखि हालका समय सम्म पनि सम्पूर्ण मानिसमा त्रास एवम् विश्वलाई नै एक चुनौती दिइराखेको छ । कोभिडको सुरुआती चरणमा म म्याग्दीको बेनी अस्पतालमा कार्यरत थिएँ । त्यहाँ हुँदा सुरुआती समयमा जनतालाइ बुझाउन समेत कठीन भएको थियो । जनताले अग्रमोर्चाका स्वास्थ्यकर्मीलाइ हेर्ने दृष्टिकोण नै बेग्लै थियो । सुरुको दिनमा जनतालाइ बुझाउन नसकिँदा हामीलाई फिल्डमा जाँदा हामीलाइ भोक लागेको समयमा खानका लागि खानेकुुरा अनि ट्वाइलेट सम्म प्रयोग गर्न मुस्कील भएको थियो । दिनमा २४ घण्टा हुन्छ तर त्यसमा आफ्ना लागि कति घण्टा भन्ने सम्म टुंगो हुदैनथ्यो । जुन सुकै समय फोन आउने अनि फिल्डमा कुदीहाल्न पर्ने अवस्था थियो । पछिल्लो समय ओमिक्रोन युरोपेली देशहरुको साथै छिमेकी भारतमा पनि तिब्र गतिमा बढीरहेको छ । तसर्थ हामी सम्पूर्णले स्वास्थ्यका मापदण्डहरु अपनाई सहयोग गरिदिएमा त्यसबाट जोगिन सकिन्छ । ओमिक्रोन भेरियन्ट सँग आम नागरिकले तर्सिने भन्दा पनि सतर्कता अपनाउन पर्छ । ओमिक्रोन भेरियन्ट के कति घातक छ भन्ने विषयमा अध्ययन अनुसन्धान भै रहेको छ । हालको अवस्थामा ओमिक्रोन तिब्रगतिमा फैलिएको हुँदा यसको गहन अध्ययनको कार्यहरु भइरहेको क्रममा सबैले सतर्कता अपनाउनै पर्छ । आपनो ठाउँबाट सतर्कता अपनाएको खण्डमा यो भेरियन्टबाट पनि जोगिन सकिन्छ ।
दुधे बच्चा छाडेर जनसेवमा खट्दा
संगिता पौडेल
ल्याब टेक्नीसियन
जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश
नेपाल सहित विश्वभर कोभिड १९ को संक्रमण २०७६ मा फैलिएको त सबैलाइ थाहा छ । कोभिड शुरु भए पछि जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा ल्याब स्थापना भयो र त्यहाँ शुरुको समयमा हामी ५ जनाले पिसिआर ल्याब सम्हालेका थियौं । स्वास्थ्य कार्यालय दरवन्दी भए संक्रमणको समयमा मलाइ प्रयोगशालामा खटाइएको थियो । सुरुको समयमा अटोमेटिक मेसिन थिएन । शुरुआती समयमा २४ देखि बढीमा ४८ वटा स्याम्पलको परीक्षण सक्न समेत करिब ८ घण्टा लाग्थ्यो । त्यो पुरै समय पिपिइ सेट भित्र बस्नु पर्दा सजिलो त पक्कै पनि भएन होला । पिपिइ भित्र यती लामो समय बस्न कठिन हुन्थ्यो तर पनि आफूले लिएको जिम्मेवारी पुरा गर्ने तत्परता अनि बिरामीको सहि नतिजा दिने जिम्मेवारीले गर्दा त्यो पिडा भए पनि खटेर काम गरियो । अहिले भने पहिला ८ घण्टा लाग्ने प्रोसेसीङको काम अहिले भने करिब ४ घण्टामा सकिन्छ । पिपिइ लगाउन पर्ने समय पनि झण्डै चार गुणा कम भएको छ । अहिले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेकोले आम सर्वसाधारणहरुले राज्यले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा यसको फैलावट कम गर्न र आफू पनि स्वस्थ रहन सकिन्छ । प्रयोगशालाकर्मीको नाताले देशलाई अप्ठ्यारो परेको बेला मेरो ज्ञान् र सिपको प्रयोग गर्न पाउँदा खुशी त छ्दै थियो तर सानो बाबु छोडेर दिनको १४÷१५ घन्टा काम गर्दा सजिलो त पक्कै पनि भएन ।
कोरोनाको नाउमा ठगेर खाएको भन्ने सुन्दा पिडा भएको थियो
अनिता कासिच्छ्वा
ल्याब टेक्नीसियन
आइएमओ महाराजगञ्ज
कोभिड १९ महामारीले गर्दा सन् २०१९ को अन्त देखि हाल सम्मा विश्वभरनै मनिसहरुको जनजीवन अस्तव्यस्त भएको छ । शुरुशुरुमा त आफ्नै मन बुझाउन पनि गा¥हो प¥यो । अस्पतालको ड्युटी र घर बाहेक अन्त कतै जान मन नै भएन किनकी आफूलाइ पनि डर हुन्थ्यो । कतै आफै नै संक्रमणको माध्यम त बनिदैन भन्ने खालको डरले निकै सतायो । म करिब तीनवर्षदेखि त्रि.बि. शिक्षण अस्पतालको ब्लडबैंक विभागमा कार्यरत छु । कोभिड महामारीको पहिलो चरणमा १२ घण्टे ड्युटी हुँदा पनि आफ्नो कर्तव्य निर्वाहमा कुनै कसर बाँकी राखीन । जस्तो कि महामारीको समयमा पनि रगत संकल, रक्तदाताको खोजी जस्ता काममा खटिनु नै जिम्मेवारी थियो र एक पिण्ट रगतले पनि कसैको जीवन जोगाउन सक्ने हुनले पनि नागरिकको ज्यान जोगाउनका लागि आफूलाइ निकै जोखिम हो भन्दै गर्दा पनि नागरिकको जीवन जोगाउनमै खट्ने काम भयो ।
। रक्त संकलन, कम्पोनेन्ट सेपरेसन, कन्भलेसेन्ट प्लाज्मा संकलन जस्ता काममा खट्दा कतिपयले कोरोनाको नाउमा ठगेर खाएको भन्ने सुन्दा पिडा भएको थियो । कोभिडको जोखिम मलेर पनि जनस्वास्थ्यका लागि खट्दै गर्दा सर्वसाधारणले गर्ने व्यवहार र तिखो बचनले मन मुटु छेडिने भए पनि दुःखको समयमा आफूले सक्दो प्रयास गर्न पाउँदा भने खुशी लाग्दो रहेछ । तर परिवार अनि आफ्ना साथीहरुले ड्युटी अनि अन्य समयमा पनि सजग भएर काम गर्न हौसाउँदा पनि खुब आनन्द आउँथ्यो । नियमित ड्युटी बाहेक पनि कोभिडको सुरुवाती समयमा स्वाब संकलनको लागि पनी खटट्नु परेको थियो । त्यो समय सबैमा डयर त थियो नै तै पनि हामीले नगरे कस्ले गर्ने भन्ने पनि त थियो । कुनै बेलो सोच्थेँ कतै म आफै पनि कोभिड संक्रमण फैलाउने माध्यम त बन्दीन? त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कन्भलेसेन्ट प्लाज्मा संग्रह सेवा शुरु गरेपछि हामीले त्यसमा अझ बढी फोकस गरेर गम्भिर बिरामीहरुलाइ बचाउनका लागि प्रयास गरीयो । दिनभर पिपिइ लगाएर के जाडो के गर्मी सबै समय ड्युटीमा खट्दा सजिलो त पक्कै पनि थिएन तर पनि आफ्नो स्वास्थ्य पनि ख्याल गर्नुको विकल्प थिएन त्यसेले कहिल्यै सामान्य पनि त्रुटी नगरी सुरक्षा र सेवामा खट्दै आइयो । सतर्कता अपनाउँदा अपनाउँदै पनि आफैमा संक्रमण भए पछि पछिल्लो समय अझ बढी सतर्कता अपनाउन थालेको छु । सबैले स्वास्थ्य मापदण्ड पालना गरी अगाडी बढेको खण्डमा कोभिडका जुन सुकै स्वरुप आए पनि त्यसलाइ जित्न सकिन्छ ।