प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशील पत्रकारद्वय घनश्याम खड्का र अमृत बास्कुने सम्मानित भएका छन् । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनको अवसरमा पत्रकारद्वयलाई सम्मान गरिएको हो ।
उनीहरुलाई प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँले दोसल्ला, सम्मानपत्र र जनही पाँचहजार पाँचसय ५५ रुपैयाँसहित सम्मान प्रदान गरे । विगत लामो समयदेखि म्याग्दीमा रहेर पत्रकारिताको माध्यमबाट जल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिहरुको प्रचारप्रचार एवं प्रवद्र्धन र विकासमा योगदान पु¥याएको भन्दै उनीहरुलाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको प्रेस चौतारी म्याग्दीका सचिव अमित विश्वकर्माले बताए ।
पत्रकार खड्का कान्तिपुर दैनिकको म्याग्दी संवाददाता तथा पुनहिल डटकमका सञ्चालक हुुन् भने बास्कुने गोरखापत्र दैनिकमा कार्यरत छन् । उनी ई–रुप्से डटकम अनलाइनका सञ्चालक हुन् । कार्यक्रमको अवसरमा प्रेस चौतारीका संस्थापक सचिव बालकृष्ण सुवेदी, सदस्यहरु सुरत केसी, राजकुमार थापा, दिपक कार्की, पूर्व अध्यक्ष डिपी शर्मालाई पनि दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो ।
त्यस्तै प्रेस चौतारी म्याग्दीका सदस्यहरु जीवन कार्की, सावित्रा खत्री र प्रकाश पौडेललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ । हालै सम्पन्न नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यमा निर्वाचित चौतारीका पूर्व सदस्यहरु, तथा पार्टीको विभिन्न पद तथा जिम्मेवारीमा पुगेका जिल्लाका नेताहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको प्रेस चौतारी म्याग्दी शाखाले जनाएको छ ।