नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढेको छ । यही पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको लागि जिल्ला भित्रका वडा तथा जनवर्गिय संगठनबाट प्रतिनिधि छनौटको काम तिब्र रुपमा अगाडी बढेको एमाले म्याग्दीले जनाएको छ ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार पुस १९ भित्र सबै क्षेत्रबाट प्रतिनिधि छनौटको काम सकेर जिल्लामा पठाइ सक्न निर्देशन भएकोले सोही अनुरुप सवै क्षेत्रका नेतृत्व खटेका छन् । नेकपा एमाले म्याग्दीको पुस ३ गते बसेको २४ औं बैठकको निर्णय बमोजिम नै जिल्ला भर पार्टीको नवौं अधिवेशनका लागि तयारीको काम भै रहेको श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठका अनुसार जिल्लाका सबै जनसंगठन तथा वडाहरुमा प्रतिनिधि छनौटको काम सकिएको छ । शनिबार बेलुका सम्म जिल्लाका ४५ वटै वडाबाट प्रतिनिधि छनौटको काम सकिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने पार्टीको जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडा, गाउँ तथा नगरपालिका एवम् सबै जनसंगठनले आफ्नो तर्फबाट जिल्ला अधिवेशनका लागि पठाउने प्रतिनिधिहरु टुङ्ग्याएका छन् अब अरु व्यवस्थापन लगायतका कामहरु बाँकी छन् । प्रतिनिधिहरुको नामावली जिल्लामा आइसकेपछि परिचयपत्र निर्माण लगायतका तयारीका काम बाँकी भए पनि जिल्ला भित्रबाट प्रतिनिधि छनौटको काम सकिएको छ ।
पार्टीको जिल्ला किमिटिको बैठकले उपाध्यक्ष देवेन्द्र के.सी.को संयोजकत्वमा ¥याली व्यवस्थापन उप–समिति, सचिव बालकृष्ण सुवेदीको संयोजकत्वमा सचिवालय व्यवस्थापन, सहसचिव देव घलेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यस्तै सुरत के.सीको संयोजकत्वमा प्रचार, प्रमोद श्रेष्ठको संयोजकत्वमा अर्थ संकलन, नारायण जिसीको संयोजकत्वमा स्वयंसेवक परिचालन, थमसरा पुनको संयोजकत्वमा अतिथि सत्कार, राजकुमार थापाको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, चन्द्रकुमार के.सीको संयोजकत्वमा सामाग्री व्यवस्थापन उपसमिति गठन गरेको छ ।
नेकपा एमाले पार्टीको जिल्ला अधिवेशनका लागि अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अनेरास्ववियू, राष्ट्रिय युवा संघ, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, पेशागत महासंघ, नेपाल उत्पिडित जातिय मुक्ती समाज, प्रेस चौतारी, बुद्धिजिवि परिषद् नेपाल राष्ट्रिय भूतपूर्व शैनिक तथा प्रहरी संगठन, राष्टिय उद्योग व्यवसाय महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र मानवअधिकार एलायन्सबाट एक महिला सहित २ जनाका दरले प्रतिनिधि चयन हुने निर्णय गरेको छ । त्यस्तै बेनी नगरपालिकाबाट २७ महिला, १९ दलित ६१ अन्य गरी १०७ जना, रघुगंगा गाउँपालिकाबाट १३ महिला, ९ दलित र २० अन्य गरी ४२ जना प्रतिनिधि जिल्ला अधिवेशनका लागि चयन हुने छन् । अन्नपुर्ण गाउँपालिबाट १४ महिला १० दलित २१ अन्य गरी ४५ जना, मंगला गाउँपालिकाबाट १८ महिला १२ दलित २४ अन्य गरी ५४ जना, धौलागिरी गाउँपालिकाबाट १२ महिला ९ दलित २० अन्य गरी ४१ जना एवम् अन्य जिल्लाबाट महिला, दलित र अन्य एकएक जना गरी ३ जना प्रतिनिधि चयन हुने अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी ६ वटै पालिाकाबाट एक महिला सहित २ जना प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।
नेकपा एमालेको जिल्ला अधिवेशनका लागि पार्टी केन्द्रको बिधान अनुसार जिल्ला सल्लाहकार परिषद्बाट न्यूनतम दुई जना महिला सहित ५ जना प्रतिनिधि चयन हुने छन् । जिल्ला अधिवेशनका लागि भूगोलबाट महिला तथा दलित समूहका लागि १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि तथा अन्य खुल्ला समूह तर्फ १५ जना सदस्य बराबर एक जना प्रतिनिधि र प्रतिनिधि चयन गर्दा संख्य बढी देखिएको खण्डमा भाग गर्दा ५० प्रतिशत भन्दा बढी शेष रहेमा थप १ जना प्रतिनिधि चयन हुने गरी कार्यविधि बनाईएको नेकपा एमाले म्याग्दीको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमालेको विधान तथा जिल्ला कमिटीको बैठकको निर्णय बमोजिम तोकिएका क्षेत्रबाट प्रतिनिधित्व गर्नका लागि सबैले आफ्नो भूगोलमा पूग्ने र सम्बन्धीत कमिटीको बैठकबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौटको काम भै रहेको नेकपा एमाले म्याग्दीका प्रचार विभाग प्रमुख सुरत केसीले बताए ।
Previous Articleप्याब्सन म्याग्दीको अध्यक्षमा पुन
Next Article महाधिवेशनको तयारीमा प्रेस चौतारी, १७ उपसमिति गठन