निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) म्याग्दीको अध्यक्षमा केबी ऐकेडेमी दरवाङका हिराबहादुर पुन चयन भएका छन् ।
सदरमुकाम बेनीमा भएको प्याब्सनको आठौं अधिवेशनबाट केबी ऐकेडेमी दरवाङका सञ्चालक पुनको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा न्यू वेष्ट प्वाइन्ट आवासिय मावि बेनीका सुवास कुमार श्रेष्ठ, सचिवमा लिटिल गार्डेन एकाडमीका दिपक सुवेदी, कोषाध्यक्षमा सनराइज बोर्डीङ बरंजाका बिरेन्द्र घर्ती र सहसचिवमा तातोपानी एकेडेमी तातोपानीका कृष्णबहादुर खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मालिका बोर्डीङ सहश्रधाराका श्रीराम पौडेल, म्याग्दी ऐकेडेमी सिंगाका केन खत्री, डनिङ ऐकेडेमी बाबियाचौरका युवराज भट्टराई र माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बेनीका राजु के.सी, चयन भएका छन् ।
यस अघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य बसन्तकुमार कर्मचार्यले निजि विद्यालयले राज्यको शैक्षिक जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेलेको भए पनि राज्यको तर्फबाट उचित सम्मान नभएको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष सुविन कुमार श्रेष्ठ, पुस्तक व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष लिलाराम गौतम, जिल्ला अध्यक्ष नवराज शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । प्याब्सन अध्यक्ष कृष्ण सुवेदीको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गरेका थिए ।
Previous Articleहोटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा पुनः आचार्य
Next Article नेकपा एमाले अधिवेशनको तयारी तिब्र