म ढोका उभिरहेछु……
मैले भित्र पसाएकाहरु,
कोहि फुलको बुकि लिएर छिरे,
कोहि फुल स्ंगै फुलको तेल लिएर छिरे,
र फुल संगै चिल्लोले नरम दिएर फर्किए
मलाई छुदै हात हल्लाउदै गएकाहरु
कोहि हात मिलाएर आए,
कोही साथ मिसाएर आए
साथ पछि मात मिसाएर आए
ढोकाभित्र छिर्न मलाई बिन्ती गर्नेहरू
मैलाई आदेश दिएर फर्किए
तर
म चुपचाप उभिरहेछु
न भित्र जान सक्छु,
न बाहिर फर्किन सक्छु ,
म किङकर्तब्यबिमुड छु,
न हात जोडेर नमन गर्न सक्छु,
न सिर निहुराएर हिना गर्न सक्छु,
न निधारमा औली राखेर जधौ गर्न सक्छु,
न होस है …
भनेर बिदाइ को हात हल्लाउनु सक्छु,
बस ! म ढोका उभिरहेछु ।