बागलुङ, ४ मंसिर – बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङले शुक्रबारदेखि आयोजना गरेको स्कुल स्तरिय गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगितामा आयोजक गरिमा आवासियले विजयी सुरुवात गरेको छ ।
बाङ्गेचौर खेलमैदानमा भएको प्रतियोगितामो पहिलो खेलका आयोजक गरिमाले रुद्रेपिपल माविलाई ९ विकेटले पराजित गरेको हो । ५९ रनको विजयी लक्ष्य पक्ष्याएको गरिमाले ४ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै लक्ष्य भटाएको हो ।
उसको जितको लागि विष्फोटक व्याटिङ गरेका अर्जुन क्षेत्रीले सर्वाधिक ३४ रन बनाएका थिएभने कमल शेरचनले २३ रन बनाएका थिए । पहिलो व्याटिङ गरेको रुद्रेपिपल माविले १२ ओभरमा ७ विकेटको क्षेतिमा ५८ रन बनाएको थियो । ११ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता ३ दिनसम्म संचालन हुने गरिमा आवासिय माविका प्रिन्सिपल श्यामप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगीताको उद्घाटन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बलिङ्ग र जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले व्याटिङ्ग मार्फत गरेका थिए ।
उदघाटन कार्यक्रम प्रिन्सीपल श्यामप्रसाद शर्माको अध्यक्षता, भरत पुरीको स्वागत र गणेशप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleमहायज्ञमा दुई करोड संकलन
Next Article संविधानको सर्वोच्चता स्थापित गरौंः गुरुङ