हिमाली जिल्ला म्याग्दीको गुरुङ बस्ती भएको क्षेत्र बेनी नगरपालिका–४ थामडाँडामा पुस १५ अर्थात् तमु ल्होसारको अवसरमा आयोजित ल्होसार पर्व तथा विविध खेलकुद कार्यक्रमको औपचारीक उद्घाटन गरीएको छ ।
तमु सेवा समाजले आयोजना गरेको कार्यक्रममा जनजाती महासंघका पूर्व महासचिव प्राध्यापक डाक्टर ओम गुरुङले ल्होसार पर्वले गुरुङहरु मात्रै नभएर सबै जातजातिलाई पनि सहकार्य गर्ने वातावरण सृजना गराउने बताउनुभयो । गुरुङले ल्होसार पर्वको संरक्षणका साथै पुस्ताहस्तान्तरण हुनु पर्नेमा जोड दिनुभयो । उहाँले पर्वले सबैको अपनत्वका साथै समग्र जनजाति तथा जातजातिहरुको पनि इतिहासलाई संरक्षण सम्बर्धन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तमु ह्यो छोँज धि बेनी नगरपालिका–४ का अध्यक्ष सकबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य शेरबहादुर के.सी, बेनी नगरपालिका कार्यापालिका सदस्य देव घले, तमु ह्यो छोँज धि म्याग्दीका सचिव शेरबहादुर गुरुङ, तमु ह्यो छोँज धि गण्डकी प्रदेशकी सदस्य तथा म्याग्दीकी उपाध्यक्ष विष्णु गुरुङ, नेकपा एमाले बेनी नगरपालिका–४ का अध्यक्ष तथा वडा अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेसका वडा सभापति सुमन बानियाँ, माओवादी केन्द्रका वडा अध्यक्ष सन्दीप खत्री, धौलागिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक डण्डपाणी सापकोटा, पूर्व सांसद गमबहादुर श्रीष, स्थानिय पूर्ण गुरुङ, भिम गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन स्थानिय युवा धनकाजी सुनारले गर्नुभएको थियो । तमु ल्होसार पर्व सबै जातजातीको अपनत्व होस भन्ने हेतुले धनकाजीलाइ कार्यक्रम सञ्चालक चयन गरिएको तमु ह्यो छोँज धिले जनाएको छ ।
ल्होसार मेलाको अवसरमा, पुरुष भलिबल, महिला भलिबल, प्रौड भलिबल, अन्धा निसान, लाठो तान्ने तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता पुस १४ गते सम्म सञ्चालन हुने आायेजकले जनाएका छन् ।