हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय ६९ वर्षको भएको छ । वि.सं. २००९ सालमा स्थापना भएको प्रकाश माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक, अभिभावक तथा बिद्यार्थीलाइ पुरस्कृत समेत गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले सरकारी विद्यालयमा राज्यको ठुलो लगानी भए पनि लगानी अनुसारको प्रतिफल जनताले प्राप्त गर्न नसकेको बताउनुभयो । जिल्लामै पहिलो तथा एक मात्रा विज्ञान शिक्षा अध्यापन हुने यस विद्यालयको सकारात्मक सुधारका लागि आफ्नो सँधै साथ रहने बताउनुभयो । थापाले विद्यालयको थप उन्नती र सुधारका लागि आफ्नो तर्फबाट सँधै सकारात्मक साथ रहने जनाउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालयमा पढाएर मात्र दक्ष नहुने भन्दै विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि घर देखिनै प्रयास हुनु पर्नेमा जोड दिनुभयो ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न समयानुकूल शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले सम्झनुभयो –प्रकाश माबिमा मैले पढेँ, पढाएँ अनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुँदै विद्यालयलाई योगदान गरेँ ।
नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले दक्ष जनशक्ति उत्पादनकालागि विद्यालय स्थपानाकालदेखि सबैले प्रयास गरिएको बताउनुभयो ।
विद्यालयको ६९ औं वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा मन्टेस्वरी माध्यमको कक्षा समेत सुभारम्भ गरिएको छ । बिद्यालयको साहित्यिक पत्रिका प्रकाशपुञ्जको वर्ष १६, अंक १ लोकार्पण, उत्कृष्ट बिद्यार्थी र कर्मचारी र शिक्षकलाई सम्मान गरिएको थियो ।
कर्मचारी शान्ति रामदाम, शिक्षकहरु याम बहादुर जि.सी., शिवप्रसाद शर्मा, सन्तोष सुवेदी, श्यामबाबु सिंह, विनय श्रेष्ठ र गोरखनाथ सुवेदीलाइ सम्मान गरिएको थियो । त्यस्तै अभिभावक बेनी नगरपालिका ५ निबासी कोपीला परियार, बिद्यार्थी सुस्मिता केसी (जेहेन्दार), लिप्टन नेपाली (दलित), मिलन थापा (जनजाती) लाई साहिँला मुखिया बिच्छाराम छात्रवृत्ति प्रदान गरिएको थियो । पछिल्लो समय चर्चामा रहेको लोकप्रीय गित जामभो माइलीका सर्जक तथा गायक प्रकाश माविका पूर्व बिद्यार्थी प्रकाश दुतराजलाई सम्मान गरिएको थियो ।
Previous Articleम्याग्दीको बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु
Next Article तमु ल्होसारको औपचारीक कार्यक्रम उद्घाटन (फोटो फीचर)