बागलुङ, ४ मंसिर – कम्प्युटर एसोसियसन नेपाल महासंघ बागलुङको नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार पद हस्तान्तरण गरिएको छ ।
क्यान फेण्डेरेशन बागलुङका संस्थापक अध्यक्ष एवं निर्वाचन समिति संयोजक अर्जुन घिमिरेले कम्प्युटर एसोसियसन नेपाल महासंघ बागलुङको २०५८ साल देखिको माइनट नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद शर्मा कुमारलाई हस्तान्तरण गरेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै कम्प्युटर एसोसियसन नेपालका केन्द्रिय सदस्य जगन गुरुङले नवनिर्वाचित कार्यसमितिलाई विधान अनुसार काम गर्नको लागि अनुरोध गरेका थिए ।
क्यान फेण्डेरेशन बागलुङका तर्दथ समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा कुमारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष संस्थापक अध्यक्ष अर्जुन घिमिरे र संचालन संस्थापक सचिव सुदिप राजभण्डारीले गरेका थिए । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका कार्यवहाक अध्यक्ष युवराज राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Previous Article२०७३ मंसिर ४ गते शनिबारको राशिफल
Next Article महायज्ञमा दुई करोड संकलन