म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिकाले टोल टोलमा कमिटि गठन कार्यलाई तिव्रता दिएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत मंगलाका वडाका प्रत्येक टोलमा कमिटि गठन लाई तिव्रता दिइएको हो । मंगला गाउँपालिका १ थाईवाङमा ओम बहादुर गर्वुजाको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटि र शुशिला पुनको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघको टोल कमिटि गठन भएको छ । त्यस्तै वडा नं १ कै भर्जुलामा भिम बहादुर जुग्जालीको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटि र चन्द्र कुमारी किसानको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ टोल कमिटि र पैयुँपाटामा भरत किसानको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरिएको पालिका कमिटि सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । त्यस्तै वडा नं २ को खात्रुङखोलामा पुष्कर पुनको अध्यक्षतामा १९ सदस्यीय, सल्यानमा पुर्ण जिसीको अध्यक्षतामा १५ सदस्यीय, डडुवामा खिम बहादुर अर्मजाको अध्यक्षतामा २३ सदस्यीय र मंगला ३ सातविसेमा टेक बहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटि गठन गरिएको शर्माले जानकारी दिनुभयो । सोमबार डडुवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पालिका कमिटि अध्यक्ष सत प्रसाद रोकाले अभियानलाई तिव्रताका साथ संचालन गरि पौष महिना भित्रमा सवै टोलमा कमिटि गठन गर्ने योजना रहेको बताउनुभयो । नेकपा एमालेलाई मंगलामा पहिलो शक्ति कायम राख्नका लागि संगठन विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईएको उहाँले बताउनुभयो । समृद्ध नेपाल सुखि नेपालीको सपनालाई साकार पार्नका लागि फेरी पनि देशमा एमालेकै जित आवश्यक रहेकोले आम जनताहरु एमालेकै पक्षमा रहेको अध्यक्ष रोकाले बताउनुभयो ।