आम मानिसलाई सधैँ डर हुन्छ । डर विभिन्न हुन सक्लान् तर पनि सबैको भित्र मनमा त्यही हुन्छ । डर, त्रास हुने र नहुने भन्ने भन्दापनि कुनै न कुनै प्रकारको डर प्रायः सबैको हुन्छ नै । अहिलेको अवस्था के छ वा छैन भन्दा पनि सबैलाई हुने केही न केही डरमध्ये मुख्य अहिले नेपाल मात्र नभएर विश्वमै हो कोभिड–१९ । नेपाली समाजमा भने अहिले पछिल्लो समय हेर्दा कोभिड–१९ अनि शेयर बजार भन्ने भाइरसले सबैलाई थला पारेका छन् । करिब ५० लाखले शेयर कारोबार गर्नका लागि हितग्राही खाता खोलेका छन् । त्यही हितग्राही खाता भएकाहरुले शेयर भर्ने र शेयर कारोबार गर्ने हुँदा अहिलेसम्मको अवस्था फरक छ छैन भन्दापनि शेयर बजारमा कति केन्द्रीत छन् भन्ने पनि हो । तथ्यलाई हेर्ने हो भने निकै माथि पुगेको बजार पुनः एकाएक घटेर निकै तल आइपुगेको शेयर बजार कहिले उकासिने कुनै टुंगो छैन ।
कुनै समय निकै माथिल्लो विन्दुमा पुगेको शेयर बजार पछिल्ला दिनहरुमा दिनानुदिन घटिरहेको छ । तीन हजारभन्दा माथिको विन्दुमा पुगेको शेयर बजार अहिले २ हजार ३ सय ५८ विन्दुमा आएर सोमबार अड्किएको छ । सोमबार पनि शेयर बजारले आफ्नो घट्दो क्रमलाई निरन्तरता दिएरै छाड्यो । आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा भएको हुँदा सोमबार मात्रै खुलेको बजारले करिब १८ अंक घटेर बजार बन्द भयो । आइतबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ मूल्य बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर कारोबार भएको थियो । ३७ हजार ३ सय ६७ पटक कारोबार हुँदा २ सय ३१ कम्पनीका शेयर किनबेच भएको थियो । शेयर बजारले अहिले पछिल्लो समय आम सर्वसाधारण ध्यान खिच्नु स्वभाविक हो । ३२ सयभन्दा माथिको विन्दुमा समेत टेकेको नेप्सेले लगातार घटेर २२ को नजिक आउँदा आम लगानीकर्तामा डर हुनु स्वभाविक हो । तर पनि कतिसम्म डराउने त भन्ने प्रसंग फरक हो ।
कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई निकै ठूलो प्रभाव पारेको अवस्थामा नेपाली शेयर बजार भने उकासिएको थियो । लगानी गर्ने ठाउँ अन्त बन्द हुँदा शेयर बजारमा भने मिलेको थियो । तर पछिल्लो समय कोभिड केही हदसम्म भए पनि मत्थर हुँदै गएपछि कोभिडको डर कम हुँदै गयो तर शेयर मार्केटमा गरेको लगानी डुब्ने डर भने बढ्दै गयो । सामान्य अवस्थामा रहेको भए पनि निकै माथि पुगेको शेयर मूल्य अहिले आफ्नो साइजमा आएको छ । धेरै कम्पनीको मूल्य उसको सही धरातलमा आइपुग्दा अन्यत्र भने कता कताको अवस्थामा पुग्नु स्वभाविक हो । तर पनि सबैमा हुने त्यही त्रासले गर्दा नै लगानी असुरक्षित भएको हो कि भन्ने पनि छ । अहिले शेयर र कोभिडसँगै अर्को भाइरस नेपाली क्रिकेटमा पनि लागेको छ । नेपाली क्रिकटे टिमका ४ सदस्यलाई गरिएको कारवाही फुकुवा भएन वा सहज समाधानतर्फ नगएमा नेपाली क्रिकेट नै धरापमा पर्ने भन्ने डर पनि व्याप्त छ । त्यसैले सबै समस्याको समाधान होला नहोला तर न्युनतमतर्फ भने पक्कै जान्छ । त्यसैले डर मात्रै पालेर पक्कै पनि हुदैन कि ?
Previous Articleमंगलाको टोलटोलमा एमालेको कमिटि गठन
Next Article रुप्से दैनिक ! ०६ पाैष २०७८