रूप्सेको पानी ए कान्छी नानी,
घुम्ने कि पोखरा !
लेकै र वेशी गरौंला मैच्याङ,
जम्ने कि पोखरा !!
निर्मल कञ्चन रूप्सेको झरना,
क्या राम्रो कृष्ण भिर !
जान्छौमा भने लान्छु है कान्छी,
नमान तिम्ले पिर !!
रूप्सेको छेउ अन्धोमा गल्छी,
सुनफल्ने माटैमा !
क्या मिठो वोली जिउडाल राम्रो,
भेट भयो वाटैमा !!
तातोमा तातो पानी है वग्ने,
दानाको वजार !
तिमीलाई सुहाउने कान्छो छ एता,
नडुलाउ नजर !!
कालीको तिर, वाँदरे भिर,
लेतेमा चौरीगाई !
हातमा समाई, आउ कान्छी साथ,
नभन टाटावाई !!
-आत्रेय पद्म
यात्रामा रूप्से देखि घांँसा
२०७८/०८/२७
Previous Articleधितोपत्र बोर्ड कब्जा गर्ने माओवादीको रणनीतिमा योजना आयोग तगारो, अर्थमन्त्रीले अडान नछाडेपछि रोकियो अध्यक्ष नियुक्ति प्रक्रिया
Next Article रुप्से दैनिक ! ०५ पाैष २०७८