म्याग्देली नेतृ थममाया थापा नेकपा एमालेको स्थायी कमिटीमा मनोनित हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी थापा एमालेको ४५ जनाको स्थायी कमिटीमा परेकी हुन् । २०४० सालदेखि सक्रिय राजनीतिमा लागेपछि २०४६ साल यता सांसद सहित मन्त्रीको समेत जिम्मेबारी समालेकी छिन् ।
विं.सं. २०३६ सालतिर बहुदलको पक्षमा लागेकै कारणले गर्दा राजाको विरोध गरेको भनेर तत्कालिन राज्यसत्ताबाट समेत दमन भएपनि थापाले प्रतिकार गदै आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिएकी थिइन ।
२०४६ सालको आन्दोलनपछि बहुदल आएपछि पुनः म्याग्दी गएर नेकपा मालेको पार्टी कार्यालय खोलेर आफैँ कार्यालय सचिव बनेर जिल्लाको राजनीतिमा सक्रिय भएकी थापा २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन ।
२०५६ सालमा राष्ट्रिय सभा सदस्य, २०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद र अहिले पनि प्रतिनिधिसभामा एमालेको समानुपातिबाट सांसद हुन् ।