काठमाडौं, ४ मंसिर- कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् ।
सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेको हुन् । तर, उनले देउवासँग नयाँ सर्त पनि राखेका छन् । महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने, केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी १० सदस्यमध्ये पाँचजना र चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त उनले राखेका छन् ।
तर, देउवाले महासमिति बैठक डाकेर केही केन्द्रीय सदस्यको प्रस्ताव ल्याएपछि मात्र सदस्य दिन सकिने बताएका थिए । लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आएका थिए । केन्द्रीय समितिमा उनीपक्षीय पाँच नेताले जितेका छन् । नयाँ पत्रिका
उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त
Previous Articleसंक्रमणकालमा स्थानीय तह कसरी चलाउने ?
Next Article सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प