न्यूयोर्क, ३ मङ्सिर – अमेरिकी राष्ट्रपतिको गत साता सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले पहिलोपटक आफ्नो सार्वजनिक सम्बोधन गरेकी छन् । उनले आफ्नो सम्बोधनका क्रममा सो स्थानमा उपस्थित हुन सजिलो नभएको उल्लेख गरिन् ।
८ नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा हिलारीले देशव्यापी रूपमा पपुलर भोटमा अघि रहे पनि राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक इलेक्टोरल कलेजमा पराजित भएकी थिइन् । उनले चिल्ड्रेन डिफेन्स फन्डको एक कार्यक्रममा बोल्ने क्रममा सन् २०१६ को राष्ट्रपति निर्वाचनबारे निकै भावुक मुद्रामा प्रस्तुत भएकी थिईन।
उनले यसअघि निर्वाचनमा पराजित भएलगत्तै एक होटलबाट आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू पहिलो अमेरिकी महिला राष्ट्रपति बन्न नसकेपनि कसै न कसैले यो बाधा तोडेर छाड्ने विश्वास व्यक्त गरेकी थिइन् । ‘म यहाँ उपस्थित हुँदा मलाई धेरै असजिलो भइरहेको छ,’ उनले भनिन् ‘मलाई थाहा छ निर्वाचनको परिणामले तपाईहरुमा गहिरो दुःख महसुस भएको छ र मलाई पनि त्यस्तै भएको छ म कहिल्यै व्यक्त गर्न सक्दिन ।’
यद्यपि उनले आफ्नो सम्बोधनका क्रममा आफूले आगामी दिनमा कुन विषयमा केन्द्रीत हुने भन्नेमा स्पष्ट रहेको उल्लेख गरिन् । राष्ट्रपति पदको निर्वाचनमा आफू पराजित भएपनि अमेरिकी जनताको पक्षमा काम गर्न आफू तयार रहेको बताउँदै आएकी छन् । हिलारी उपस्थित रहेको सो कार्यक्रममा सुरक्षाको कुनै कडा व्यवस्था समेत गरिएको थिएन ।
यद्यपि हिलारीको भावुक शब्दको सम्बोधनका क्रममा उपस्थितले उनको नाम लगातार उच्चारण गरेर हुटिङ गरेका थिए । हिलारीले आफ्नो सम्बोधनको क्रममा अहिलेको निर्वाचनको परिणामले युवा, अफ्रिकन अमेरिकन तथा महिलालगायतलाई ब्युझाएकोमा आफू थोरै आशावादी रहेको बताइन् ।
उनले निर्वाचनको प्रचारका क्रममा अमेरिकी समाज विभाजित भएको भएपनि अब त्यसलाई बिर्सिएर सिंगो अमेरिकाका बारेमा सोच्न उनले आग्रह गरिन् ।
Previous Articleयी सर्त पूरा गरे साटिने भयो प्रतिबन्धित भारु
Next Article लोकमानमाथि अर्को गम्भीर आरोप