काठमाडौँ, २ मंसिर – बढुवा भएको सात महिनापछि नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजीपी) ले अब प्रहरी प्रधान कार्यालयमा गई काम गर्न पाउने भएका छन् ।
एआईजीपीको दज्र्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा हाजिर गर्दै आएका यादव अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलबरसिंह थापाले आज (बिहीबार) प्रधान कार्यालय गई काम गर्न पाउने भएका हुन् । यद्यपी, उनीहरुको विभागीय जिम्मेवारी तोक्न भने बाँकी नै रहेको छ ।
वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका व्याची उनीहरुले अनिवार्य अवकाश पाउन ९१ दिन मात्र बाँकी रहँदा प्रधान कार्यालय गई काम गर्न पाउने भएका हुन् । सर्वोच्च अदालतको आदेशमा बढुवा पाएका उनीहरुलाई गृह मन्त्रालयले मंगलबार मात्र प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको पत्र पठाएको हो । राजधानी
Previous Article३२ वर्ष पुरानो बुढीगण्डकी आयोजना अघि बढ्ने भो
Next Article तरुण दल भागबण्डामा, बीपीका नाति पदाधिकारीबाट आउट