साईप्रस
नेपालीको लागि नेपाली ” मूल उदेश्य लिएर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रस द्वारा १० अक्टोबर २०२१ आइतबारका दिन दशैँ–तिहारको उपलक्ष्यमा चौथो वान डे फूट्सल प्रतियोगिता सम्पन्न भएको छ ।
निकोसिया, आयनपा,पाफोस ,लिमासोल र काकोपेत्रिया क्षेत्रबाट १६ वटा टिमहरुले सहभागिता जनाएका थिए।
१.दा दिपेश फुटबल क्लब
२. राइडर्स फुटबल क्लब
३. गोर्खा स्पर्ट फुटबल क्लब ‘ ए’
४. गुर्खा स्पर्ट फुटबल क्लब ‘बि‘
५.फुत्सल क्लब दि लिमासोल
६.गुर्खा स्पर्ट फुटबल क्लब ‘सि ‘
७. मोसी मोसी फुटबल क्लब
८. ओकि ओकि फुटबल क्लब
९. पाफोस परिवार फुटबल क्लब
१०. टिम सरकार फुटबल क्लब
११. एन आर ए फुटबल क्लब ‘ए‘
१२. एन आर ए फुटबल क्लब ‘बि‘
१३. एफ एन एस फुटबल क्लब
१४. एभरेस्ट फुटबल क्लब
१५. डेडली सिन्नेर्स फुटबल क्लब
१६. सगरमाथा फुटबल क्लब
खेलहरु सबै निकै रोमान्चक र प्रतिस्पर्दात्मक थियो ।
उक्त खेलको उपाधि गोर्खा स्पर्ट ‘ए’ उचालेको थियो ,उपाधि सँगै गोर्खा स्पर्ट ए ले नगद ४०० युरो ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ भने दोस्रो हुने गोर्खा स्पर्ट कै सी टिमले २०० युरो नगद प्रमाणपत्र मेडलमा चित्त बुझाउनु परेको थियो,
उक्त फुटसलटुर्नामेन्टमा फेयर प्ले टिम :-गोर्खा स्पर्ट फुटबल क्लब ‘ ए’ का सन् राइज गुरुङ , बेष्ट किपर:-गुर्खा स्यापर्स फुटबल क्लब ‘ ए’का प्रवेश थापा र सर्बाधिक गोल :- एन आर ए फुटबल क्लब ‘ए‘ का सुनिल शाह थिए।
उक्त कार्यक्रम एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की अध्यक्षता र महासचिव राधा पोख्रेलले सञ्चालन गर्नु भएको थियो,
प्रमुख अतिथि का रुपमा Costas Ktorides उपस्थिति रहेको थियो,साथमा उपाध्यक्ष किस्मत पौडेल,सदस्य बिना थापा लगएत अन्य खेलकुद प्रेमीहरुको समेत सहभागिता रहेको कुरा एनआरएन साइप्रसका सदस्य प्रकाश बराईलीले ईरुप्से जानकारी दिनु भएको थियो|