साईप्रस। नेपाल पत्रकार महासंघ युरोप शाखाले जुम भर्चुल माध्यम बाट भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले नेपाली कांग्रेसले हालै जारी गरेको पत्रले गैरआवासीय नेपाली संघको विधानको उल्लंघन गरेको भेटिएको छ । पत्रले आगामी निर्वाचनका प्रत्यासी कुल आचार्यको उम्मेदवारीनै खारेज हुन सक्ने अवस्थामा पुगेको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मंचको अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले आचार्यको उम्मेदवारीनै अवैधानिक हुने खुलासा गरेका हुन् ।
गुरुङले एनआरएन बारे बोल्नै पर्ने परिस्थिती आयो। साथीहरुको समय मिलेमा सहभागी बन्नु होला भन्दै फेसबुक स्टाटुस मार्फत पनि कडा चेतावानी दिनु भएको थियो, गुरुङले भन्नु भो राजनिति गर्ने भए नेपालमा भएको एमाले , काँग्रेस,माओवादी लगाएत पार्टी भएको हुदाँ एन आर एन ए जस्तो विशुध्द समाज सेवा भावनाले खोलिएको संस्थामा राजनीति नगर्न समेत चेतावानी समेत दिनु भएको छ, शनिवार युरोपमा आयोजित एक भर्चुअल कार्यक्रमलाई बोल्दै गर्दा एनआरएनए विधानको प्रस्तावनामा नै गैरराजनीतिक संस्था हुने भनेर लेखिएको अवस्थामा कांग्रेसको पत्रमै आचार्यको नाम किटान गरिएकोले उनले एनआरएनएको साधारण सदस्यमा रहिरहने हैसियत गुमाइसकेका बताए ।
आचार्यले पार्टीको पत्र ल्याएर बिखण्डनकारीको नेतृत्व गरेको गुरुङको समेत बताउनु भयो। नेपाली कांग्रेसले जारी गरेको पछिल्लो पत्रले गैरआवासीय नेपाली संघको औचित्यमा प्रश्न उठेको उनले बताए । गुरुङले भने, ‘संस्थामा भएको विवाद र विखण्डनको जिम्मा कुल आचार्यले जिम्मा लिनु पर्छ ।’
गुरुङले संघको निर्वाचनमा हस्तक्षेप गर्न पार्टीहरू आफै नआएका बताउँदै विदेशमा रहेका नेता तथा कार्यकर्ताले आमन्त्रण गरेको बताए । गुरुङले विधानमा प्रष्ट सामाजिक, धार्मिक र राजनीतिक संस्थामा आबद्ध रहेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था हुदाँ हुदै पार्टी गुहार्ने प्रवुत्तिले आचार्यको उम्मेदवारी खारेज हुने तर्क राख्नु भयो।
‘गैरआवासीय नेपाली संघलाई पार्टीको भातृसंस्था बनाउन मिल्दैन्,’ गुरुङले भने । उनले संघको भित्रको विवाद समाधानको लागि आफ्नै संरचना हुदाँहुदै परराष्ट्र मन्त्रालमा उजुरी लिएर जानु गलत भएको समेत जिकीर गरे । उनले संघ भित्र देखिएको हालको विवाद सधान गर्न संरक्षक परिषदलाई दिनु पर्ने सुझव दिनुभएको छ।
कार्यक्रममा बोल्दै जनसम्पर्क समिति अमेरिकाका नेता डा यादव पण्डितले संघ भित्र वैचारिक र आर्थिक विभेद रहेको आरोप लगाए । माओवादी निकट मध्यपूर्वका नेता सनी ओलीले पार्टीहरुले एनआरएनए निर्वाचनमा ह्वीप जारी गर्नु स्वभाविक रहेको दावी गरे ।
मुद्धा परे उम्मेदवारी दिन नपाउने समेत बताउनु भयो।
गैरआवासीय नेपाली संघको निर्वाचन समितिका एक सदस्यका अनुसार संघको विधानअनुसार कुनै पनि राजनीतिक दलमा आबद्ध भएको प्रमाणीत भए उम्मेदवारी खारेज हुने बताए । उनले भने अहिलेनै निर्वाचन प्रकृया शुरु भएको छैन् व्यक्तिगत प्रकृति गरेर दाबी विरोधको आधारमा निर्वाचन समितिले निर्णय गर्ने हो अहिलेनै केही भन्न सकिन्न् ।
तर उनले उम्मेदवारी दर्ता गर्नुअघि कुनै पनि राजनीतिक, धार्मिक र जातिय संस्थामा नभएको पुष्टी हुने गरि अनिवार्य रुपमा फारम भर्नु पर्ने बताए ।