मन्दिरसंग पनि गुनासो, भगवानसंग पनि गुनासो तिम्रो

मनसंग हमेसा खेलिरहने मनसंग पनि गुनासो तिम्रो 

मर्नुको रहर बाच्दा हुने फाईदासंग तुलना गर्नेहरु,
निश्चिच जन्म र मरणको जिवनसंग पनि गुनासो तिम्रो

पराई लड्दा बिचरा भन्ने आफन्तलाई लडाउने खोज्ने,
स्वार्थी रंगमञ्चको आफ्नोपनसंग पनि गुनासो तिम्रो

चन्चल दैनिकी तै पनि रहर मेटाईरहेछन् दैवीशक्तिले,
आफु सम्झिन्नौ त्यहाँ,गरेको समर्पणसंग पनि गुनासो तिम्रो

परबाट नियालेर फुललाई पत्थर देख्ने नजरको प्रहारमा
स्वंयलाई गलत नदेखाईदिने बचनसंग पनि गुनासो तिम्रो
