साईप्रस : म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले स्थापना भएको छोटो समयमै ठुलो मानवीय सहयोगको कार्य गरेको छ l वैदेशिक रोजगारीको लागि म्याग्दी रघुगंगा ३ बाट मलेसिया पुगेर लामो सम्म परिवारको सम्पर्कबाट टाढा रहनु भएको एक नेत्र विहीन व्यक्तिको उद्धार गरी नेपाल पठाएको छ l
सन् २०११ को नोभेम्बर ११ मा सामाखुसी टाउन प्लानिंगस्थित जव वर्ल्ड ईण्टरनेशनल ओभरसिज प्रा.लि.बाट मलेसियाको लगलभ (एम) एसडीएन बीएचडी कम्पनी मा रोजगारीका लागि गएका रमेश बहादुर खत्री १ वर्ष नपुग्दै कम्पनी छोडी अवैध भएर अन्यत्र काम गर्न लागेका थिए l
आफूलाई मलेसियामा एजेन्टले बेचेको र फलामको काम गर्नु पर्ने, तलब ३ सय रिंगेट पनि नबच्ने भइसकेपछि उनी अवैधरूपमा बसेर काम गर्न लागेका थिए l खत्री अवैध भएसँगै आफ्नो घर परिवारसँग पनि टाढिएका थिए l कसैसँग पनि सम्पर्कमा नरहेका खत्री एकाएक अस्पतालको शैयामा दुबै आँखाको ज्योति गुमाएको अवस्थामा रहेको खबर अस्पतालले क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा सम्पर्क गरेको दूतावासका अधिकारीले जानकारी दिए l
खत्रीको अवस्था गम्भीर छ भन्ने सूचना पाए लगत्तै अस्पताल पुगेर उनको पहिचान गरी परिवारको खोजी गर्दै उद्धारको लागि पहल गरेको हाल केहि समय अघि गठन भएको म्याग्दी प्रवासी नेपाली संघ(मोना) मलेसियाका अध्यक्ष रामचन्द्र केसीले ईरुपसेलाई बताए केसीले लामो समयदेखि अवैध रहेका खत्रीलाई स्वदेश फर्काउन एनआरएनए मलेसिया र नेपाली राजदूतावास मलेसियाको ठुलो सहयोग रहेको अध्यक्ष केसीले बताउनु भयो, केसीले थप्नु भयो म्याग्देलीहरुलाई परेको समस्या मलम लगाउनकै लागि अन्य राष्ट्रिय समिति र अन्तराष्ट्रिय कार्यसमिति संग सहकार्य गरी अगामी दिनहरु मा अगाडी बढ्ने कुरा समेत बताए।
साथै रमेश खत्री लगाएत अन्य तीन जना नेपालीको एन आर एन ए ले उद्दार गरि नेपाल पठाएको समेत अध्यक्ष केसी बताए।