बिछ्याएर यो छाती प्यार बर्साइ दिएँ।
अतृप्त त्यो उसको, प्यास मेटाइ दिएँ।
छल्किएर यो जवानी पोखिनै लाग्दा
वेहोसीमै अङ्ग-अङ्ग उसैलाई दिएँ।
स्पर्शको उत्कर्षणमा लिप्त हुदाखेरी
प्रेमको सागरमा लुछुप्प डुबाइ दिएँ।
लोलाएका नयनले घाइते जब पार्यो
क्षण भरमै उसलाई मेरो बनाइ दिएँ।
नसाको गहिराइ नाप्दा नाप्दै पनि
मधुमासमा हर्षका,आँसु रुवाइ दिएँ। लक्ष्मी शर्मा
Previous Articleरुप्से दैनिक ! १२ आश्विन २०७८
Next Article रुप्से दैनिक ! १३ आश्विन २०७८