साइप्रस स्याङ्जा जिल्ला ,गल्याङ्ग न.पा – ८ बस्ने उमेर ३९ का विकास श्रेष्ठ ज्युको दुबै मृगौला फेल भई अरुणा अस्पताल ,काठमाण्डौमा उपचाररत भइरहेको र घरपरिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उपचारका निम्ती कठिन अवस्थामा उहाँको जीवन रक्षाका निम्ती “सेवा नै धर्म ” भनाइलाई आत्मसात गर्दै ” साइप्रस सहयोगी सञ्जाल ” द्वारा सञ्चालीत ” विकास श्रेष्ठ बचाऔ ” आर्थिक संकलन अभियानमा द्धारा ६२८७२(अक्षेरुप बैसठ्ठी हजार ८ सय बहत्तर )नेपाली रुपैया संकलन गरि साईप्रसमा रहनु भएका विरामीका साला सागर श्रेष्ठ मार्फत हस्तारतरण गरिएको उक्त अभियान करिब महिना चलाईएको अभियानको एक अभियन्ता मध्येका श्यामलाल नेपालीले ईरुप्सेलाई बताएका छन्
एक भर्चुअल जुम माध्यमबाट रोगी पिडित , आाफन्त , अभियान कर्ता र सहयोगदाताको प्रत्येक सहभागितामा सम्पन्न भएको हो,
साइप्रस सहयोगी सञ्जाललाई विश्वास र माया गर्दै सहयोग गर्नुहुने सम्पुर्ण अभियानकर्ता एवम् सहयोग दाताहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दै अभियान संयोजन गर्नु भएका अभियन्ता श्यामलाल नेपालीले अरु यस्ता खालका पिडितहरु लाई पनि आवश्यकता हेरि अभियान सञ्चालन गर्ने र अभियान साथ दिन पनि अपिल िमेत गरेका थियो,
समाजसेवामा इच्छुक र प्रेरितहुने मनकारी , दयालु र पहलकर्ता सवैलाई एकिकृत गर्दै सेवाको भावनाले हरेक महिना अभियान सञ्चालन गर्दै अधि बढ्ने समेत उक्त अभियानका संयोजक श्यामलाल नेपाली प्रतिबध्दता जनाउनु भएको बताउनु भएको थियो