साईप्रस । मलेसियामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसिया गठन गरिएको छ । विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्देलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो ।
केहि दिन अगाडी तदर्थ समिति गठन गरिएको र उक्त समितिलाई कार्यसमितिमा परिणत गरिएको निर्वाचित अध्यक्ष केसीले जानकारी दिनु भयो
उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा छम बहादुर शाही ,सचिवमा यज्ञ दत्त आचार्य ,सहसचिवमा विनय कुमार बि.क.,कोषाध्यक्षमा अनिल केसी खत्री ,संरक्षकमा बम बहादुर सुनार, सल्लाहकारमा लाल बहादुर रोका(एल.बि.मगर) चयन हुनुभएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका महासचिव बिक्रम कार्कीले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय कार्यसमितिका महासचिव कार्कीका अनुसार सदस्यहरुमा हेम बहादुर बानियाँ,यामलाल शर्मा, दमन पुन ,रमेश केसी ,दुर्गा बहादुर केसी ,कर्ण बहादुर पुर्जा ,जोगिन्द्र श्रीस मगर ,गणेश कुमार महत, चित्र फगामी मगर ,पुर्ण रोका, होम बोहरा क्षत्री र सन्तोष किसान चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले मलेसियामा कार्यरत म्याग्देलीहरुलाई संगठित बनाई उनीहरुको हतहित र अधिकारका लागि मोनाले पहल थाल्नुपर्नेमा जोड दिनुभयो । मोनाले जिल्लामा सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । अब जिल्लाको कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ(मोना) मनोलिसियाले अन्तराष्ट्रिय कार्यसमिति सँग सहकार्य गर्दै अगाडी बढ्न हुने कुरामा आशावादी रहेको कुरा समेत राख्नु भएको थियो
उक्त कार्यक्रमको अध्यक्षता तदर्थसमिति अध्यक्ष रामचन्द्र केसी (आर.सि खत्री ) र सचिव यज्ञ दत्त आचार्य सञ्चालनमा भएको थियो!