प्रकाश थापा
उत्तर अमेरिकी महादेशको टापुमा रहेको सानो देश क्युवामा अर्गानिक खेतीबारे भारतिय वातावरण अभियन्ता भरत मन्साटाद्वारा लिखित ‘अर्गानिक रिभोलुसन’’ पुस्तक अध्ययन गर्दा मलाई साँच्चिकै प्रेरणादायी अनुभुति भयो । लामो समयसम्म अमेरिकाले लगाएको नाकाबन्दीको चुनौतिलाई क्युवाले कसरी सदुपयोग गर्दै वातावरणमैत्री सफल कृषिमा परिणत गरि खाद्य सुरक्षा प्रदान ग¥यो भन्ने कुरा अहिले समग्र विश्वका लागि पनि महत्वपूर्ण शिक्षा हो । दिगो वातावरणमैत्रीे कृषि अभियानका लागि क्युवाको अर्गानिक (प्राङ्गारिक) खेती एक पाठशाला समेत हो । अहिले हाम्रो देशको परिवेशलाई हेर्ने होभने पनि कृषि क्षेत्रको विकासका लागि क्युवाबाट केही पाठ सिक्नु पर्ने हुन्छ । हाम्रा समाजका कामभन्दा कुरा ठूला गर्ने चरित्र भएका राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मलाई पनि क्युवाको अर्गानिक कृषिको सफल रहस्य पढ्नु र सो मनन् गरी केही गर्नु अत्यावश्यक छ ।
क्युवामा शताब्दीऔं अगाडि परम्परागत रुपको बहुखेती प्रणाली थियो । औपनिवेशको क्रमसँगै स्पेनी साम्राज्य फैलिँदै जाँदा पाँच लाख अफ्रिकी दासको आगमनले क्युवालाई अफ्रिकी कृषितर्फ आकर्षण ग¥यो । उखु र सुर्तीको एकल खेती गर्ने गरी युरोप निर्यात सुरु भयो । १९ औं शताब्दीको सुरुवातसँगै अमेरिकी हस्तक्षेपको पनि क्युवामा थालनी भयो । अमेरिकाका ठूला चिनी व्यापारीको हातमा क्युवाको धेरै जमिन प¥यो । एकल खेतीको क्रम व्यापक रुपमा क्युवामा बढ्यो । उखुको खेती विस्तारका लागि त्यो समयमा वन फडाँनी समेत व्यापक रुपमा भएको थियो । सन् १९३० को समयमा क्युवा संसारकै सबैभन्दा ठूलो उखु उत्पादन गर्ने मुलुक बन्यो । एकल खेतीको रुपमा उखु उत्पादन हुँदै गर्दा जमिनको स्वामित्व पनि केही जमिनदार र अमेरिकी चिनी कम्पनीको रहि रह्यो । क्युवामा फिडेल क्याष्ट्रोले सुरु गरेको युद्घले क्युवाली बाटिष्टाको शासन सन् १९५९ मा पल्टायो । क्याष्ट्रोको सत्ता कब्जापछि नयाँ सरकारले नयाँ भूमि सुधार कानुनमार्फत भूस्वामित्वको हदबन्दी तोकि भूमि बाढ्यो । नयाँ सरकारको शासनसँगै रुष्ट अमेरिकाले सन् १९६० बाट चरम नाकाबन्दी सुरु ग¥यो । क्युवाबाट तत्काल निर्यात हुने चिनी किन्न रद्घ गर्नुका साथै भविष्यका लागि भएका सम्झौताहरु समेत रद्घ भयो । सोही अमेरिकी कदमले क्युवा सोभियत संघतर्फ नजिक पु¥यायो । सोभियत संघले क्युवाको चिनी किन्यो र विस्तारै क्युवाका सम्पूर्ण व्यापार सोभियत संघ गुटका देशहरु सँग केन्द्रित हुन पुग्यो । क्युवाको क्रान्तिकारी सरकारले कृषिमा विविधीकरण गर्न थालेपनि अमेरिकी नाकाबन्दी र सोभियत संघसँग बढ्दो निर्भरताका कारण उखु खेतीको बाहुल्यता रहिरह्यो । ब्यापक यान्त्रिकरण र रसायनमा आधारित खेतीको विकास पनि भइरह्यो । जबसम्म सोभियत संघमा आवद्घ देशहरुको समुह क्युवाका लागि चिनी निर्यातको राम्रो बजार र पेट्रोलयम, रसायनिक सामग्री र खाद्यान्नका लागि भरपर्दो आधारका रुपमा कायम रहिरह्यो, त्यसबेलासम्म क्युवाले आर्थिक समृद्घि राम्रै हासिल गरेको थियो । क्युवाले क्रान्ति पछिका तिन दशकमा कृषिको औद्योगिकरण तीव्र बन्यो, सोही अवधिमा गाउँबाट सहरतिर पनि हुलकाहुल जनताहरु झर्ने क्रम बढ्यो ।
सन् १९८९ मा सोभियत संघको विघटन हुन सुरु भएपश्चात समाजवादी देशहरुको आर्थिक सहयोग परिषद् अन्र्तगतका देशहरु सँगबाट क्युवाले पाउँदै आएको व्यापारिक सुविधा अचानक खारेज भयो । क्युवाको अर्थतन्त्रमा नयाँ संकटको मोड पनि अचानक यही समयबाट नै सुरु भयो । क्याष्ट्रोको क्युवाली सरकारले सोही संकटको सामना गर्न शान्तिपूर्ण विशेष समयको घोषणा ग¥यो । संकटको अभावमा आफ्नो टापुलाई बचाइ राख्न योजनाबद्घ लोडसेडिङ्ग, यातायातमा साइकलको प्रयोग र ट्याक्टरको स्थानमा पशुको प्रयोग जस्ता विविध रणनितिहरु लियो । आयातित खाद्यान्नमा निर्भर क्युवाको अप्ठ्यारा वर्षहरुको सुरुवात पछि खाद्यान्न वितरणमा कोटा प्रणाली लागु गरियो । खाद्यान्नको कमीका कारण भटिमिन ‘बि’ को अभावमा न्युरोप्याथी फैलिइ ५० हजार मानिसले त्यसबेला आँखाको ज्योती गुमाए । धेरै क्युवाली जनताले संकटको समयमा कम्तीमा १० देखि १५ केजी सम्म तौल गुमाए । त्यस बेला केहि क्युवाली जनताले निराशा र हतासका कारण क्युवा छाडे । तर धेरैले भने चुनौतिका विरुद्घ खडा भएर आफ्नो क्षमता प्रस्तुत गरि प्रकोपलाई जित्ने साहस गरे । संकटलाई झन् गम्भीर पार्न अमेरिकाले नाकाबन्दीलाई कसिलो बनाई रह्यो । अमेरिकाले क्युवामा उसका मित्र देशका उद्योगहरुले समेत खाद्यान्न र औषधि बेच्न नपाउने नियम बनायो । संकटका यही समस्याहरुलाई समाधान गर्न क्युवाले बाध्यतावस प्राङ्गारिक खेतीको थालनी ग¥यो ।
सन् १९९० मा जीवन धान्नसम्म हुने अर्थ व्यवस्थाको सुरुमा थालनी गरियो । सम्भाव्य खेतीयोग्य जमिनको एक टुक्रा पनि खाली नराख्न घोषणा भयो । कृषि रसायनको अभावका कारण स्थानीयस्तरमा जे उपलब्ध छ त्यही उपयोगमा कृषक विवश बने । विवशतावस रुपमा क्युवा प्राङ्गारिक कृषिमा रुपान्तरण भयो । विस्तारै वृहत्तर पर्यावरणमैत्री कृषिको अभ्यासको विकास हुन थाल्यो । स्थानीय रुपमा नै बनाइएका कम्पोष्ट र गड्यौले मल ‘जैविक मल’ को बढ्दो प्रयोग हुन सुरु भयो । सरकारले खाद्य ओसारपसारलाई न्युन पार्दै ‘जहाँ उपभोक्ता, त्यहिँ उत्पादनका’ अनुरुपको कार्य थालनी ग¥यो । खाली जमीन भएका कार्यालय र संस्थाहरुले आफ्ना लागि आफै खाद्यान्न उत्पादनको कार्यक्रम सुरु गरे । विकेन्द्रीकरणसँगै सरकारको नीतिले कृषि उपजहरुलाई माग र आपुर्तीका आधारमा मूल्य निर्धारण गर्न पाउने व्यवस्था भयो । रक्षा मन्त्रालयले खाद्य उत्पादन हाम्रो मुख्य कार्यभार हो भनेर घोषणा नै ग¥यो । सन् १९९३ मा क्युवा सरकारले अत्यावश्यक ठानिएको साहसिक कृषि सुधार नीति लागु ग¥यो । यसले ठूला सरकारी फर्मलाई सहकारी उत्पादनका आधार इकाइ (युविपिसी) भनिने स्थानीय श्रमिकहरुबाट स्वायत्त रुपमा सञ्चालित स–साना सहकारीहरुमा टुक्र्याइयो । सन् १९९४ को बसन्त ऋतुको आखिरीतिर राज्यको स्वामित्वमा रहेका सबै चिनी फर्महरु युविपिसीमा रुपान्तरण भए । यसकोे कुल सदस्य संख्या १,३३,६८५ रहेको थियो । क्युवामा रसायनिक विषादि विस्थापन गरेर जैविक नियन्त्रणका विधिहरुको प्रयोग धेरै प्रभावकारी र पर्यावरणीय दृष्टिकोणबाट समेत महत्वपूर्ण रह्यो । क्युवाली जनताले बहुखेती प्रणालीको अवलम्बन गर्दै अन्तरबाली लगाउने, बाली चक्र अपनाउने र रैथाने बाली लगाउने जस्ता परम्परागत अभ्यासहरुको पुन थालनी भयोे । अमेरिकी नाकाबन्दी र सोभियत संघको पतनले ट्याक्टर र इन्धनको अभावमा कृषकहरु गोरुको साहारा लिनतर्फ बाध्य भए । कृषिका लागि जनतामा सकरात्मक सोच बन्यो र ग्रामीण भेगमा रहेको सहर केन्द्रित पलायन हट्यो । प्रकृतिको पुनर्जीवनको लागि सन् १९९० को दशकको प्रारम्भदेखि नै १ लाख हेक्टर जमिनमा हरेक वर्ष वृक्षारोपण सुरु गरियो । बाँस निगालो लगायतका बिरुवाहरुबाट सम्पुर्ण क्षेत्रमा हरियालीे बनाइयो । सन् १९९० को सुरुमा १४ प्रतिशत जंगल भएको क्युवामा सन् २००६ मा पुग्दा बढेर २४ प्रतिशत भयो । सन् १९८९ अगाडि सहरी कृषिको प्रयोग नभएको क्युवामा संकटले गर्दा सहरी कृषिको समेत सुरुवात भयो । खाद्य संकट झेलेपछि अचानक र स्वतस्फूर्त रुपमा सहरी करेशाबारीको थालनी गरियो । सन् १९९४ मा सहरका खाली जमिनलाई खाद्यान्न उत्पादनका लागि प्रयोग गर्ने उद्देश्यसहित संसारमै पहिलोपटक हभानामा सहरी कृषि विभाग गठन गरियो । सन् १९९६ मा फेरि एक कानुन पास गरि सहरी क्षेत्रका कुनै पनि कृषि क्षेत्रमा रसायानिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगाइयो । त्यसैगरी सबैतिर आफ्नो सञ्जाल भएको कृषि विभागले प्राङ्गारिक कृषि बगैंचा सम्बन्धमा असङ्ख्य तालिम र गोष्ठीहरु चलायो । चरम संकटपछि उदाएको प्राङ्गारिक कृषिले विश्व समुदाय माझ क्युवालाई नमुना बनाइदियो । क्युवामा चरम खाद्य संकटको समाधान प्राङ्गारिक खेती प्रणालीले ग¥यो ।
जैविक कृषिमा विश्व मै क्युवाले महत्वपूर्ण कार्य गरेबापत सन् १९९९ मा स्विडिस संसदले वैकल्पिक नोबेल पुरस्कार भनिने राइट लाइभ्लीहुड पुरस्कारले क्युवाली प्राङ्गारिक कृषि संघलाई सम्मान ग¥यो । सन् २००६ मा विश्व वन्यजन्तु कोषको लिभिङ्ग प्लानेट र ग्लोवल फुटप्रिन्ट नेटवर्कको प्रतिवेदनले विश्वमा क्युवा मात्र त्यस्तो देश हो जसले वास्तवमै दिगो विकास हसिल गरेको छ भन्ने घोषणा नै ग¥यो । लिभिङ्ग प्लानेटको सन् २००६ को प्रतिवेदनले क्युवालाई उच्च तहको साक्षरता, लामो औषत आयु र खनिज पदार्थको कम उपभोग गर्ने देश भएको पुष्टि गरेको छ । रसायनिक विषादीरहित सबै जैविक खानपिन, विविध खानेकुरा र सक्रिय क्रियाकलापका कारण क्युवालीहरुको स्वास्थ्यमा सकरात्मक प्रभाव छ । विश्वभर आक्रान्त पारिरहेको मुटु रोग अन्य देशहरुमा बढिरहँदा क्युवामा भने १९७० को दशकमा भन्दा ४५ प्रतिशतले कमी आएको छ । साथै क्युवाको बाल मृत्युदर अमेरिकाको भन्दापनि कम छ । त्यस्तै नेशनल जियोग्राफी पत्रिकाको एउटा लेखमा क्युवाको वातावरण, वनको संरक्षण र विस्तारका लागि जमिनका ठूला फाँटहरु छुट्याइएका कारण एकदमै चोखो भनेर सम्मान गरिएको छ । अर्गानिक खेतीको क्रान्तिले क्युवाको जीवनशैली र वातावरण पूर्ण रुपमा बदलिएको छ ।
क्युवाको अर्गानिक खेती तत्कालीन समयमा समस्याको समाधान हुँदै अहिले विश्व समुदायले अवलम्बन पर्ने पाठशाला बनेको छ । नेपालले पनि करिव एक वर्षअघि भारतीय अघोषित नाकाबन्दीको सामना गर्नु प¥यो तर बिडम्वना के छभने कामभन्दा कुरा ठूला गर्ने प्रचलन अझै हराएको छैन् । नेपालमा अझैपनि परनिर्भरता व्यापक मात्रामा छ ।
नेपालमा उत्पादन हुँदै गरेका केही खेतबारीमा आधुनिकताको नाममा रसायनिक विषादीको प्रयोगले गर्दा खाने कुराभन्दा बढि रोगको भण्डार उत्पादन भइरहेको छ । त्यसैगरी हाम्रा गाउँ बस्ती र सहर बजारमा धेरै खेतबारी बाँझै छन् । देशमा रहेको उत्पादनशिल जनशक्ति उत्पादनमा जोड दिदैंन । एक काइयो केरादेखि दाल, चामल र तरकारीसम्म विदेशको भर गर्नुपर्ने गरि परनिर्मरता बढेको छ । करिव तिन महिनासम्म भारतले नाकावन्दी गर्दा समेत नेता र जनताको होस खुल्न सकेको छैन । बजारदेखि गाउँघरसम्म नै आयातित वस्तु किनि खानेको भिडभाड छ ।
हो अहिले नेपालले क्युवाका फिडेल क्याष्ट्रो जस्ता नेता चाहेको छ । अमेरिकाले गरेको लामो अवधिको नाकावन्दी विरुद्घ जट्दैै क्युवामा भएको एक सफल अर्गानिक खेतीको रहस्य उद्घाटन हाम्रो देशमा पनि लागु गर्नु पर्ने बेला आएको छ । बाउबाजेले गरेको बहुखेती कृषि प्रणाली र जैविक विषादीको सफलताबारे क्युवाबाट केही सिक्नु पर्ने देखिन्छ । सहकारीको असल प्रयोग र खेतीपाती सम्बन्धी उपर्युक्त नीतिद्वारा क्युवाले विश्वलाई चकित पारेको विषय साँच्चिकै नेपाली जनताका लागि पनि ज्यादै उपयोगी छ । क्युवाले चरम संकट पश्चात सुरु गरेको अर्गानिक खेती, सहकारीको माध्यमबाट गोलबद्घ पार्ने नीति र जमिनलाई बाझो नराख्ने कार्यबाट हामीले पनि केही सिक्नु पर्ने बेला आएको छ । देशमा खाद्य सुरक्षाको लागि हामी पनि क्युवाले सुरु गरेको अर्गानिक खेतीबाट केही सिकौं । आफुलाई बाँच्नका लागि चाहिने खाद्य वस्तुको उत्पादन आजैदेखि सुरु गरौँ ।