साइप्रस
साइप्रस प्रहरीले मंगलबार बेलुकी डेरिनियामा भएको मोटर साइकल दुर्घटनाको रिपोर्ट आज सार्बजनिक गरेको छ । नेपाली नागरिक २४ वर्षीय तुलसी भुषालको घटना स्थलमै मृत्यु भएको र अर्की ३० बर्षिय qमहिला मिरा घिसिङ गंभिर घाइते भएको जनाएको छ । महिलाको अवस्थामा चिन्ता जनक देखिए पछि डेरिनिया अस्पतालले थप उपचारको लागि निकोसिया अस्पतालमा रिफर गरेको बताएको छ । घाइतेको अहिले आइसियुमा राखेर उपचार भैरहेको समचार स्रोतले उल्येख गरेको छ ।
घटनाको सम्बन्धमा बुझेका साथिहरुका अनुसार दिउँसो साढे पाँच बजेको आसपासमा भएको बताइए पनि प्रहरीले मंगलवार साँझ करीब ६:२० बजे डेरिनियाको एक्रोपोलोस राजमार्गमा उक्त घटना घटेको जनाएको छ ।
प्रारम्भिक अनुसंधानको नतिजा अनुसार मृतकले आफुले चलाएको सवारीको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना घट्न गएको खुलाएको छ । मोटर साइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएर भुषालको तत्काल मृत्यु हुन गएको प्रहरीले पुष्टि गरेको छ । सवारी नियम बिरुद्ध दुबैजनाले हेलमेट प्रयोग नगरेको प्रहरीले बताएको छ ।
आजै घटनाबाट मृत्यु भएका तुलसी भुषालको पोस्टमार्टम रिपोर्ट प्रहरीले नेपाली राजदुताबासको कार्यालय इजरायल र नेपाली अबैतनिक बाणिज्य दुताबास निकोसियामा पठाइ सकेको जनाएको छ । अबैतनिक बाणिज्य दुताबासले घटना प्रति शोक ब्यक्त गरेको छ ।
बिहान कन्सुलरको कार्यालय निकोसियाले परिवार संग सम्पर्क गरि सकेको र सकाउने पर्ने कार्य सकिए पछि नेपाल पठाउने जानकारी दिनुभयो । बिद्यार्थी भिसामा साइप्रस आएका तुलसी भुषालको घर नेपालको कपिबस्तु र घरेलु कामदारमा आएकी घाइते मिरा घिसिङको घर सर्लाही रहेको खुलेको छ ।