साईप्रस
प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य पुर्बी एशिया ईन्चार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङ (हङकङ) को नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय काढ़मांडुमा प्रवास ईन्चार्ज डा. राजन भट्टराई संग भेटवार्ता गरेको छ ।
उक्त भेटको क्रममा प्रतिनिधि मण्डलको नेतृत्व भक्त गुरुङले गर्नु भएको थियो प्रतिनिधिमण्डलले सामुहिक रुपमा सो अवसरमा प्रवास रहेर पनि सामाजिक संगै राजनीतिक उदेश्य भाव राखेको र नेकपा एमाले प्रति आस्थावान् प्रवासीहरुको सदस्यता नविकरण र वितरण ,विधान संशोधन, सांगठनिक संरचना, प्रतिनिधि परिषद, बिधान महाधिवेशन , राष्ट्रीय महाधिवेशन प्रतिनिधि व्यवस्था, प्रवास कमिटीको विधान,मुखपत्र, अक्सिजन प्लाण्ट, तथा स्मारिका, साथै प्रवासका विभिन्न मुलूकहरूमा देखिएका सांगठनिक तथा प्रकट भएका बिचारहरूको बिषयमा उक्त टोलीद्दारा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवास डा.राजन भट्टराईलाई जानकारी गएका प्रतिनिधिमण्डल नेतृत्व गरि जानु भएका भक्त गुरुङले ईरुपसे सँगको कुरामा भन्नु भएको छ, गुरुङले भन्नु भो प्रवासमा रहेरको नेपालीहरुको समस्यालाई पार्टीले अगामी दिनमा चाल्नु पर्ने कदमको बारेमा पनि राखिएको र सो सम्बन्धमा ती सवालहरूलाई प्रवास ईन्चार्जले बिशेष महत्वको साथ लिनु भएको र प्रवासमा रहेरको नेपालीहरु प्रति कुनै पनि भेदभाव हुने खालको निति पार्टीले नअपनाएको र यो बिषयमा प्रवास कमिटीको र प्रवासमा नेपालीहरुको विषयमा बैठकमा उठाउने प्रतिबध्दता प्रवास ईन्चार्ज भट्टराईले दिनु भएको सचिवालय सदस्य,पुर्बी एशिया इंचार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङले जानकारी दिनु भएको छ ।
उक्त भेटको प्रतिनिधिमण्डलहरुमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको सचिवालय सदस्य डा.विमला भण्डारी रसिया,सदस्य कुन्ती थापा र केन्द्रीय कार्यलय विभाग प्रमुखः शुन्दर खतिवडा, बेलायत समेत उपस्थिति रहेको थियो।