पर्वत, १ मंसिर – जिल्ला अदालत पर्वतले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ७८ मुद्धा फछ्र्यौट गरेको छ ।
गत वर्षबाट लत सरी आएका र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका गरी कुल १ सय ४६ मुद्धा मध्ये ७८ थान मुद्धा किनारा लगाईसकिएको जिल्ला न्यायधिश मोहनराज भट्टराईले जानकारी दिए ।
गत आर्थिक वर्षका ५९ मुद्धा जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएका थिएभने गत साउनदेखि कात्तिक मसान्त सुम्म ८७ थान नयाँ मुद्धा दर्ता भएको न्यायधिश भट्टराईले जानकारी दिए । त्यस्तैगरी लगातार सुनुवाई हुने मुद्धा अन्तर्गत ७ वटा दर्ता भएकोमा ५ वटा फछ्र्यौट भई २ वटा बाँकी रहेको छ ।
त्यसैगरी फैसला कायान्वयनकाल लागि परेका ३३ वटा निवेदन मध्ये १२ वटा फछ्र्यौट भैसकेका छन्भने २१ वटा बाँकी रहेको बताइएको छ । जिल्ला अदालतले दण्ड जरिवाना अन्तर्गत ६ करोड ५८ लाख २३ हजा ७ सय ८६ रुपैयाँ असुल गर्न बाँकी रहेकोमा प्रथम चौमासिक सम्म ५ लाख ४५ हजार ३ सय ८६ रुपैयाँ असुलउपर गरिसकेको छ । अझै ६ करोढ ५२ लाख ७८ हजार असुलउपर गर्न बाँकी रहेको छ । जसमध्ये युनिटी लाईफ इन्टरनेशनल काण्डको मात्रै ५ करोड रुपैया असुल गर्नुपर्ने देखिएको छ ।
त्यस्तै कैदतर्फ ७ सय ४९ वर्ष ११ महिना २३ दिन असुल गर्न बाँकी रहेकोमा चालु आर्थिक वर्षमा मात्रै ८६ वर्ष ८ महिना २ दिन असुल उपर गरिएको छ । भने ६ सय ६३ वर्ष ३ महिना १८ दिन असुल उपर गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
त्यस्तै १ सय ९८ जना कैद जरिवाना लागेका फरार अभियुक्तमध्ये ८७ जना पक्राऊ गरिएको छ । पर्वतमा विभिन्न समयमा कैद तथा जरिवाना असुल सुनाईएका २ सय ६४ जनाबाट असुल उपर गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । अदालतमा चालु आर्थिक वर्षमा सवैभन्दा बढि सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।
यस वर्ष ४५ थान मुद्धा दर्ता भैसकेका छन् । तीमध्ये सम्वन्ध विच्छेदमात्र १२ वटा र अंश सहितको सम्वन्ध विच्छेद गराउनेको संख्या ३३ रहेको पनि अदालतका श्रेस्तेदार दयाराम शर्माले जानकारी दिए छ ।