नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तरगत धवलागिरि गाउँपालिकाका सम्पुर्ण वडाहरुमा जुझारु युवाहरु सम्मिलित राष्ट्रिय युवा संघ, युथ फोर्स लगायत विभिन्न बिभागहरुको गठन गरेको छ ।
यसै शिलशिलामा धवलागिरि गाउँपालिका स्तरिय राष्ट्रिय युवा संघ म्याग्दीको बृहत भेला गरिएको छ । उक्त भेलाबाट सर्बसम्मत रुपमा राष्ट्रिय युवा संघ गाउँपालिका कमिटी गठन गरेको छ । कमिटिको अध्यक्ष मदन मल्ल, उपाध्यक्ष सागर फगामि, बेबिन्द्र थापा, सचिबमा तुल प्रसाद पुन, सह सचिब निराजन घिमिरे, कोषाध्यक्ष संगम पुन, सह कोषाध्यक्ष प्रकाश छन्त्याल रहेका छन् । युवा संघको ३१ सदस्यीय कमिटि गठन भएको युवा संघ म्याग्दीका सचिव शिशिर शाहीले बताए । त्यस्तै पुकार पुनको संयोजकत्वमा युथ फोर्स गठन भएको छ । युथ फोर्सको सहसंयोजकमा गमन जुग्जाली, बिजय शेरचन, सागर भण्डारी रहेका छन् । त्यस्तै युथ फोर्सको सचिव सचिन पुर्जा, सहसचिव नेत्र पुन र कोषाध्यक्षमा भोम बहादुर पाईजा रहेको १७ सदस्यीय कमिटी गठन भएको छ । भेलाले महिला बिभाग संयोजकमा अरुणा भण्डारीरलाई गाउँपालिका स्तरिय जिम्मेवारि तोकियको छ शाहीले बताए ।