निकोसिया साईप्रस। युरोपियन देश साइप्रसमा स्थापना गरिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) साइप्रसले गृह जिल्ला म्याग्दी की एक बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ l मंगला गाउँपालिका वडा न ५ अर्मन पोकका एक क्यान्सर रोगबाट बिरामी परेकी खडक् कुमारी घर्तिको उपचारका लागि २४ हजार ५ सय एक रुपैयाँ सहयोग गरेको हो l
म्याग्दी प्रवासी नेपाली संघ (मोना) साईप्रसको आपत्तकालिन कोष र कार्यसमितिबाट केहि रकम संकलन गरि उक्त रकम साइप्रसबाट अन्तराष्ट्रिय कार्यसमिति सदस्य मिना श्रेष्ठले निज पिडितलाई हस्तारण गर्ने गरि निज बिरामीको आफन्त तेजेन्द्र बुढाथोकीको नाममा उक्त रकम पठाईएको हो,
म्याग्दी प्रवास नेपाली संघ(मोना ) गठन गर्ने बेला जिल्लामा गरिब निम्न आय स्रोत भएको व्यक्त बिरामी लगाएत अन्य समस्या पर्दा सहयोग गर्ने उदेश्यका साथ १००० युरोको मोना साईप्रस अक्षय कोष स्थापना गरिएको र उक्त अक्षय कोषको केहि रकम केहि रकम कार्यसमिति सदस्यरहरु र अन्य साथीहरुको सहयोगमा उक्त रकम जिल्ला पठाएको अध्यक्ष लोकराज रोका मगरले बताउनु भयो, अध्यक्ष रोका मगरले आवश्यकता हेरि आफ्नो गाउँघर ,छरमिकेमा परेको जटिल कुनै समस्या परेमा कार्यसमिति ल्याउन र कार्यसमितिमा छलफल गरि सक्दो सहयोग समेत गर्ने बताउनु भयो, साथमा साइप्रसमा रहेका बिभिन्न भिषामा आउनु भएको म्याग्देलीहरुको पनि समस्याहरुलाई पनि आवश्यकता हेरि परेको सहयोग गर्न सकिने कुरा रोका मगरले बताउनुका साथै सम्पुर्ण म्याग्देलीहरु जो साईप्रसमा रहनु हुन्छ मोना साईप्रसमा आबध्द हुन समेत रोका मगरले अपिल गर्नु भएको छ।
लामो समयदेखि मणिपाल अस्पतालमा उपचार गराई रहेकी बिरामी घर्तिको उपचारमा आर्थिक अभाव देखिए पछि मोना साईप्रस आपत्तकालिन कोष र केहि अरु मनकारी मन भएका व्यक्ति र कार्यसमिति सदस्यहरु बाट उक्त रकम गरी सङ्कलन गरेको रकम पीडितलाई पठाइएको मोना अन्तराष्ट्रिय कार्यसमिति सदस्य तथा मोना साईप्रस लिमासोल क्षेत्रिय समितिका सल्लाहकार मिना श्रेष्ठले ईरुपसे डटकमलाई जानकारी दिनु भयो l बिरामीको उपचार गर्न केही सहज बनाउने प्रयास मात्र गरिएको अध्यक्ष रोका मगर बताउनु भयो l
सहयोगी दाताहरुको नामावली रकम युरोमा
१ मिना श्रेष्ठ २०
२ नवराज कडेंल २०
३ राजिन खड्काथोकी १५
४ दुरपति पुर्जा(माया) १०
५ श्याम घर्ति १०
६ सन्जु वि.क १०
७ कल्पना बुढाथोकी १०
८ तेजेन्द्र रोका १०
९ लोकराज रोका मगर १५
१० मुक्ति अधिकारी १०
११ शिशिर खत्री १०
१२ मोना साईप्रस आपत्तकालिन कोष ४०
जम्मा संकलित रकम युरो १८०
Previous Articleरुप्से दैनिक ! ०४ भाद्र २०७८
Next Article रुप्से दैनिक ! ०६ भाद्र २०७८