निकोसिया साईप्रस
युरोपियन मुलक साइप्रसमा नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका प्रमुख अभियन्ता कृपा थापाको अध्यक्षतामा भएको प्रथम अधिबेशन कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष धन बहादुर बलायर रहनुभएको थियो भने विशिष्ट अथितिमा सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत बहादुर थापा,अन्तर्राष्ट्रिय समितिका सचिव उमेश जोशी,नेपाल संयोजक चेत बहादुर थापा,दक्षिण एसिया संयोजक दिनेश खड्का’खप्तडी रहनुभएको थियो।अतिथिहरुमा राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्ल,राष्ट्रिय समिति कतारका अध्यक्ष प्रेम चलाउने,प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष लोकराज रोकामगर ,एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की , जनप्रगतिशील मन्च साईप्रसका सचिव केशव ठकुरी, जनसम्पर्क समिति साईप्रसका सभापति सिता अर्याल ,समाजसेवी धातान्नद पाण्डे, लगायत रहेका थिए ।
कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै साईप्रसमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासी हरूको विशेष सक्रियतामा साईप्रसमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको छाता संगठनको रुपमा स्थापना भएको निर्वाचन समितिका संयोजक तथा अभियन्ता कृपा थापाले जानकारी दिनुभयो।
उक्त अधिवेशनले संरक्षकमा कृपा थापा र सल्लाहकारमा कुमार सिंहलाई चयन गरेको छ भने डम्बर बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय समिति सर्वसहमत चयन गरिएको छ। जस्मा उपाध्यक्षमा नृपा साउँद,लक्ष्मी कुमारी थापा, महासचिवमा रमिता चन्द (रितु),सचिवमा धिराज खड्का,कोषाध्यक्षमा,अनिल जङ्ग सिंह,सदस्यहरु क्रमश धुर्व ढकाल,गिता शाही,आशिष बम,रमेश बजगाई,कैलाश चन्द,राजेन्द्र साउद,साजन छेत्री किशोर मल्ल ,चेतन चन्द रहेका छन् ।रमिता चन्दले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन कुमार सिंहले गर्नु भएको थियो ।
अध्यक्ष खड्काले सपथ ग्रहण पछि प्रतिबध्दता मन्तव्य क्रममा सुदूरपश्चिमबाट साईप्रसमा समिति गठन गर्दै सुर्य उदाएको उज्यालोको किरण छर्दै साइप्रसलाई कर्मभुमि आउनु भएको विद्यार्थी घरेलु कामदारको रुपमा आउनु भएका नेपालीहरुको हकहित लागि साइप्रसमा रहेका एन आर एन ए, राजनितिक पार्टीका भातृ संगठन, जातिय सँगै विभिन्न क्षेत्रिय संघ संस्था सँग सहकार्य गरि अगाडी प्रतिबध्दता व्यक्त गर्नु भएको थियो।
गत बर्ष नै समिति गठन प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरियता पनि कोभिड -१९ अर्थात कोरोना भाईरसको यो विषम परिस्थितिमा भर्चुअलको माध्यमबाट बुधबार अधिवेशन सम्पन्न भएको थियो।