बेनीमा शनिबार एक कार्यक्रमकाबीच जिल्ला फुटबल संघ म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । दिलिप बुढाथोकीको अध्यक्षतामा गठित समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ र कोषाध्यक्षमा विजय थापा रहेका छन् ।
संघको सदस्यहरुमा असल केसी, बिबेक हमाल, एलिन केसी, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमाल, सौगात गुरुङ र बिबेक राना चयन भएको सचिव कुमार बानियाँले जानकारी दिए । उनका अनुसार समितिको पहिलो बैठकले बादल आले र बिकेस शेरपुञ्जालाई सदस्यमा मनोनित गरेको छ ।
त्यस्तै बैठकले जिल्लाका छ वटै स्थानीयतहका संयोजक र सचिब पनि चयन गरेको छ । बेनी नगरपालीकामा संयोजक शिरिष हमाल र सचिब सज्जन सापकोटा, मंगला गाउँपालिका संयोजक बिबेक बिश्वकर्मा र सचिब प्रकाश सापकोटा, मालिका गाउँपालिका संयोजक बिनय जुग्जाली र सचिब श्रीमन रोका, धौलागिरी गाउँपालिका संयोजक बिनोद घर्ती र सचिब सरोज थापा, रघुगंगा गाउँपालिका संयोजक लेलिन गर्बुजा र सचिब अनुप चन्द र अन्नपुर्ण गाउँपालिका संयोजक अप्सन राम्जाली र सचिब पपुलर श्रेष्ठलाई चयन गरिएको सचिब बानीयाँले जानकारी दिए ।
Previous Articleयुवा संघ नेपालको वडा कमिटि गठन
Next Article रुप्से दैनिक ! ३२ श्रावण २०७८